मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कमलबजारलाई ‘कमल’को फुल जस्तै बनाँउछु : मेयर पदका उम्मेद्धार ढकाल

कमलबजारलाई ‘कमल’को फुल जस्तै बनाँउछु : मेयर पदका उम्मेद्धार ढकाल


अछाम । कमलबजार नगरपालिकाका मेयर पदका उम्मेद्धार यज्ञ प्रसाद ढकालले कमलबजारको मुहार फेर्ने बताएका छन् । चुनावी घरदलौ अभियानका क्रममा सेरा र बिरपथ पुगेका उनले कमलबजारको विकास, शिक्षा, स्वास्थ्य, कृषी, पर्यटन लगायतका क्षेत्रमा काम गरी सुन्दर नगरीका रुपमा विकास गर्ने आफ्नो योजना रहेको उनले बताए ।

कमलबजार नगरपालिकामा थुप्रै सुधार देखि विकासका कामको सुरुवात भएको छ उनले भने ति काम पुरा गर्न आफु योजनाबद्ध तरिकाले लाग्ने उनले बताए । कमलबजारको विकासको खाका सहित आफु अगाडी सरेको भन्दै उम्मेद्धार ढकालले यसपटक सहयोग गर्न कमलबजारबासीलाई आग्रह गरेका छन् ।

म आफ्नो लामो राजनितिक र सामाजिक क्षेत्रको अनुभव सहित मैदानमा आएको छु उनले भने पक्कै पनि नगरबासीले साथ दिनुहुनेछ । अधुरै रहेको कमलबजार बिमानस्थनको काम पुरा गरी छाड्ने समेत उनको प्रतिबद्धता छ । नगरमा खानेपानीलाइ व्यवस्थित गर्ने, पर्यटन क्षेत्रको विकास लागि गुरुयोजना निर्माण गर्ने, युवा रोजगारीका लागि नयाँ कार्यक्रमहरु ल्याउने उनको योजना छ ।

मेरो केन्द्र संग समेत राम्रो पहुँच मेयरका उम्मेद्धार ढकालले भने नियमित संगै अन्य बजेट ल्याएर भएपनि यसपटक नगरलाई उत्कृष्ट नगरका रुपमा विकास गर्ने मेरो लक्ष्य छ । हाम्रा जनप्रतिनिधीले गरेका राम्रा कामको सिको गर्दे थप सुधार सहित अघि बढ्ने उनले प्रतिबद्धता जनाए ।

यस्तै उपेमयर पदका उम्मेद्धार गौरी भण्डारीले महिला, बालबालिका तथा समाजमा पछाडी परेका बर्गको बिशेष उत्थान सहित आफुले काम गर्ने प्रतिबद्धता जनाईन् । विकास निर्माण सहित म खासगरी नगरमा कम्जोर क्षेत्र र वर्गको प्रतिनिधीत्व हुने गरी काम गर्नेछु त्यहि योजना साथ आफु अघि बढेको उनको भनाई छ ।