मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वडा नं. ६ लाई नमुना वडाका रुपमा विकसित गर्नेछु : वडाध्यक्ष पदका उम्मेद्धार शाह

वडा नं. ६ लाई नमुना वडाका रुपमा विकसित गर्नेछु : वडाध्यक्ष पदका उम्मेद्धार शाह


अछाम । कमलबजार नगरपालिका वडा नं. ६ बिरपथमा वडाध्यक्ष पदका उम्मेद्धार राम बहादुर शाहले वडाकमा बाँकी रहेका अधुरा काम पुरा गर्नलागि आफु दोश्रो पटक अध्यक्षको उम्मेद्धार बनेको बताएका छन् ।

वाडमा थुप्रै विकास निर्माणका काम गरेका छौँ उनले भने अब ति कामको नियमितता संगै अरु थप काम गर्न उम्मेद्धारी दिएको हुँ । बिरपथमा पहिलो पटक बिधुत, टेकिमलको नेटवर्क स्थापना लगायका थुप्रै काम आफ्नो पालामा भएको भन्दै उम्मेद्धार शाहले अब थप विकासका काम अघि बढाउनेछु ।

आफु अध्यक्ष हुदाँ शिक्षा, स्वास्थ्य, खानेपानी, सड्क, पर्यटन विकास, कृषी लगायतका थुप्रै क्षेत्रमा उल्लेखनिय काम भएको स्मरण गर्दै शाहले अब ति कामको निरन्तरता र थप विकासका काम गर्न कांग्रेसलाई जिताउनुपर्नेमा उनले जोड दिए ।

उनले भने आफुले ५ बर्ष काम गरेको अनुभवलाई प्रयोग गर्दै वडामा थप राम्रो काम गर्दै अघि बढ्ने बताए । एक अर्को प्रसंगमा बोल्दै शाहले नेपाली कांग्रेसको सरकारका पालामा मात्रै देशमा आमुल परिर्वतन भएको बताए ।