मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनता र समाजका पक्षमा काम गर्ने मंगलसैन ७ का वडाध्यक्षका उम्मेद्धार बिष्टको प्रतिबद्धता (यस्ता छन् योजना)

जनता र समाजका पक्षमा काम गर्ने मंगलसैन ७ का वडाध्यक्षका उम्मेद्धार बिष्टको प्रतिबद्धता (यस्ता छन् योजना)


अछाम । जिल्लाको सदरमुकाम रहेको मंगलसैन नगरपालिका वडा नं. ७ का वडाध्यक्ष पदका उम्मेद्धार लाल बहादुर बिष्टले जनता र समाजका पक्षमा काम गर्ने प्रतिबद्धता जनाएका छन् । आफ्नै वडामा भएको घरदैलो पछिको कार्यक्रममा बोल्दै उम्मेद्धार बिष्टले वडा नं. ७ को सबै क्षेत्रको विकास गर्न लाग्ने बताएका हुन् ।

वडाको सड्क, शिक्षा, स्वास्थ्य, कृषी, युवा रोजगारी, पर्यटन विकास लगायतका क्षेत्रमा काम गर्ने योजना रहेको उनले बताए । आफुले वडाध्यक्ष जितेमा ठुलासैन देखि जाल्पा माबी सम्मको सडक पिच गर्ने उनको प्रतिबद्धता थियो । यसपटक मेयरको उम्मेद्धार पनि यहि वडाको हुनुहुन्छ उम्मेद्धार बिष्टले भने हामी जसरी पनि सड्क पिच गराउछौँ ।

वडामा बिभिन्न वर्गमा कृषी पकेट क्षेत्र, पशुपालन पकेट क्षेत्र निर्माण गर्ने योजना समेत रहेको उनले बताए । वडामा सहज बिधुत आपुर्ती देखि टेकिमलको नेटवर्क स्थापना लगायतका समेत काम गर्ने उनले बताए ।

वडामा रहेका महिला बालबालिका, पछाडी परेका बर्गका पक्षमा समेत आफुले काम गर्ने योजना बनाएको उनले बताए । वडाका हरेक टोलसम्मको सड्क निर्माण खानेपानीको सहज पुहँच पुर्याउन समेत लाग्ने उनको भनाई थियो ।

उम्मेद्धार बिष्टले भने म यसअघि पनि जनताको घरदैलो मै पुगेर हरेक सुख दुखका साथ दिईरहेको छु अब झन् बढी क्रियाशिल भएर लाग्नेछु ।