मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२०७४ को चुनाबमा लागेको ७२ भोटको घाउ निको पार्ने दाउमा रजनी

२०७४ को चुनाबमा लागेको ७२ भोटको घाउ निको पार्ने दाउमा रजनी


काठमाडौं – पाँच वर्ष अघि टोखा नगरपालिकामा रजनी थापाको उम्मेदवारीले एक प्रकारको तरंग उत्पन्न गरायो । विवेकशिल पार्टीले काठमाडौं महानगरपालिकाको मेयरमा रञ्जु दर्शनालाई उम्मेदवार बनाएको थियो । धेरैले रजनी र रञ्जुलाई तुलना गरे ।

रजनी कांग्रेसबाट टोखा नगरपालिकाको उपमेयरकी उम्मेदवार थिइन । कांग्रेसले पनि काठमाडौंमा रजनी जस्तो युवालाई उम्मेदवार बनाउनु सामान्य कुरा थिएन । आफु भन्दा धेरै सिनियरलाई पन्छाउँदै रजनीले उपमेयरको टिकट हात पारेकी थिइन ।
अन्तिम मत गणना हुँदा रजनीलाई जित्न मात्र ७२ मत पुगेन । उनका धेरै समर्थक स्तब्ध बने । तर रजनीमा कुनै विचलन आएन । आफु उपविजेता भएको भन्दै रजनीले सबै मतदातालाई धन्यबाद दिइन ।

उनै रजनी यस पल्ट टोखा नगरपालिकामा मेयरकी उम्मेदवार बनेकी छिन् । कांग्रेसले रजनीलाई पुनः अवसर दिएको छ । यति बेला रजनी त्यहि ७२ भोटको घाउ निको पार्ने अभियानमा छिन् । अघिल्लो पटक उपमेयरमा लागेको ७२ भोटको घाउ मेयर जितेर निको पार्नेमा उनका समर्थक विश्वस्त छन् ।

रजनी केबल युवा मात्र होइनन् । राजनीतिमा युवा पुस्ताको बलियो उपस्थीति र आमूल परिर्वतनको बहाकको रुपमा उभिएकी छिन् । आफ्ना एजेण्डालाई प्रष्टसंग राख्न सक्ने र त्यसलाई कार्यान्वयन गर्ने सक्ने प्रबल इच्छा शक्ति उनी भित्र देखिन्छ ।
विकासको परम्परागत मोडल भन्दा नविन शैलीबाट फड्को मार्न रजनी जस्तै जुझारु युवाबाट मात्रै सम्भव छ ।

उनी युवा पुस्ताको सवल प्रतिनिधि पात्रको रुपमा राजनीतिको अग्नी परिक्षामा होमिएकी छिन् । राजनीति विग्रियो, नेताहरुले केहि गरेनन् र जो आए पनि उस्तै हो भन्ने गुनासोलाई खण्डित गर्न रजनी जस्ता राजनीतिक पात्रले परिक्षण हुने मौका पाउनु आवश्यक छ ।

युवाहरुको नेतृत्व र क्षमता विकास गर्ने संस्था नेपाल जेसिजको राष्टिय उपाध्यक्ष तथा लाईन क्लब काठमाण्डौ देउराली धापासीको अध्यक्ष समेत भएर रजनीले काम गरेकी छन् । युवाहरुका माझमा लामो समय देखि काम गरेका कारण यसपटक उनले आफ्नो जितलाई सहज ठानेकी छन् ।