मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तुर्माखाँद गाउँपालिका अछाममा नेकपा एमाले विजयी 

तुर्माखाँद गाउँपालिका अछाममा नेकपा एमाले विजयी 

सुदूर आज

अछाम : जिल्लाको तुर्माखाँद गाउँपालिकामा नेकपा (एमाले) विजयी भएको छ । मंगलबार बिहान सार्वजनिक अन्तिम मत परिणाम अनुसार एमालेका डम्बर बिसी ३५२३ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कर्णबहादुर बुढाले ३४९३ मत ल्याए । जुन बिसीभन्दा ३० मत मात्र कम हो । माओवादी केन्द्रका मनबहादुर बयकले ३०९१ मत ल्याए । 

उपाध्यक्षमा पनि एमालेले जितेको छ । एमालेकी विमला शाहीले ३५०१ मत ल्याएर विजयी भइन् । दोस्रो बनेकी कांग्रेसकी अनुजा सिजापती विष्टले ३४५२ मत ल्याइन् । माओवादी केन्द्रकी पवित्रा उपाध्यायले ३१५५ मत ल्याइन् । 

गाउँपालिकाका बहुमत वडामा भने कांग्रेस विजयी भएको छ । आठ वडा रहेको तुर्माखाँदमा रहफ, भुलू, नाडा, रानीवन र तोसीमा कांग्रेसले जित्यो । एमाले भैरवस्थान र धमालीमा विजयी बन्दा माओवादी केन्द्रले भने वडा नम्बर ४ मा मात्र जित्न सक्यो ।