मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिल्ला समन्वय उपप्रमुख र पूर्व महासमिती सदस्य रावलको वडामा कांग्रेस पराजित

जिल्ला समन्वय उपप्रमुख र पूर्व महासमिती सदस्य रावलको वडामा कांग्रेस पराजित


अछाम : बैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनको गणनाको अहिले सम्मको परिणाम अछाममा नेपाली कांग्रेसका लागि संतोषजनक भए पनि कांग्रेसका ठुला नेताका लागि भने सुखद रहेन ।

पछिल्लो पत परिणाम अनुसार पनि जिल्लाका ठुला नेताका वडामा नेपाली कांग्रेसका उम्मेदवार पराजित हुने क्रम रोकिएको छैन ।

यहि क्रममा जिल्लाको मंगलसैन नगरपालिका ९ वलिगाँउमा नेपाली कांग्रेस ले हार बेहोरेको छ। मंगलसैनको ९ नम्वर वडा पनि नेपाली कांग्रेसका प्रभावशाली नेता मानबहादुर रावल र जिल्ला समन्वय समितिका उपप्रमुख टोपबहादुर रावलको वडा भएको हुदा पनि सजिलोसँग जितिने आँकलन थियो ।

तर आफ्नो वडा जिताउनमा नेत द्वय मानबहादुर रावल र टोपबहादुर रावल पुरै असफल भएका छन । वलिगाउको ताजा मतपरिणामले नेता मानबहादुर रावलको लोकप्रिय प्रभाव र टोपबहादुर रावलको पाँच बर्षको जिल्ला समन्वयको भूमिका माथी प्रश्न उठेको पार्टीका कार्यक्रता हरुको प्रतिक्रिया छ ।