मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेयरका उम्मेद्धार बोहरा आफ्नै वडामा पराजित, बहुदल पछि पहिलोपटक कांग्रेस बिजयी

मेयरका उम्मेद्धार बोहरा आफ्नै वडामा पराजित, बहुदल पछि पहिलोपटक कांग्रेस बिजयी


अछाम : जिल्लाको सदरमुकाम रहेको मंगलसैन नरगपालिका वडा नं. ४ मा नेपाली कांग्रेस बिजयी भएको छ । नेकपा एमालेबाट मेयर पदका उम्मेद्धार पदम बोहराको वडामा एमालेलाई पराजित गर्दै कांग्रेस बिजयी भएको हो ।

बहुदल पछि पहिलो पटक वडा नं. ४ मा कांग्रेस बिजयी भएको कांग्रेस अछामका सहसचिव दिनेश कुमार स्वाँरले बताए । एमालेको लालकिल्लाको रुपमा रहेको सो वडा यसपटक हाम्रो अथक प्रयासले कांग्रेसको चारतारे झण्डा फहराउन सफल भएको छौँ सहसचिव स्वारले भने ।

वडा नं. ४ मा कांग्रेसबाट वडाध्यक्ष पदका उम्मेद्धार नाम सिंह धामी २४ मतान्तरले बिजयी भए । उनले ४ सय ९९ मत प्राप्त गरे भने एमालेका उम्मेद्धार केवल सिंह धामीले ४ सय ७५ मत प्राप्त गरे । वडा नं. ४ कांग्रेस अछामका सहसचिव दिनेश कुमार स्वाँर र नेबिसंघ अछामका सचिव बम स्वाँरको वडा हो ।

यसअघि कांग्रेसबाट मेयरका उम्मेद्धार नम बहादुर शाही आफ्नै वडामा कांग्रेस पराजित हुदाँ आलोचना भईरहेका बेला एमालेबाट मेयरका उम्मेद्धार बोहरा पनि आफ्नै वडामा पराजित भएका छन् ।