मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिल्ला समन्वय समिती अछामका लागि कांग्रेसको एकल बहुमत

जिल्ला समन्वय समिती अछामका लागि कांग्रेसको एकल बहुमत


अछाम : जिल्ला समन्वय समिती अछामका लागि नेपाली कांग्रसको एकल बहुमत पुग्ने भएको छ ।

नगर प्रमुख उपप्रमुख तथा पालिका अध्यक्ष उपाध्यक्ष गरी ११ स्थानमा कांग्रेसले बिजयी हासिल गरेर जिल्लामै ठुलो दल बनेसंगै समन्वयका लागि कांग्रेसको एकल बहुमत प्रष्ट भएको हो ।

जिल्ला समन्वय समितीमा एकल बिजयी हुन ११ मत आवश्यक पर्ने भएकोमा कांग्रेस एक्लैले ११ स्थानमा बिजयी हासिल गरेको छ ।

नगर प्रमुख उपप्रमुख तथा पालिका अध्यक्ष उपाध्यक्ष गरी २० जनाले समन्वयका लागि मतदान गर्नुपर्ने हुन्छ । जसमा ११ जना कांग्रेसकै मात्र छन् । तर्सथ जिल्ला समन्वय समितीको प्रमुख, उपप्रमुख र सदस्यहरुमा कांग्रेसको एकल बहुमत पुग्ने भएको छ ।

नेपाली कांग्रेसले १० वटा पालिका रहेको अछाम जिल्लामा ३ नगर प्रमुख १ उपप्रमुख ४ पालिका अध्यक्ष र ३ उपाध्यक्षमा बिजयी हासिल गरेको छ ।