मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्रकारका लागि २ दिने क्षमता अभिबृद्धी कार्यक्रम मंगलसैनमा सम्पन्न

पत्रकारका लागि २ दिने क्षमता अभिबृद्धी कार्यक्रम मंगलसैनमा सम्पन्न


अछाम । भरखरै पत्रकारीता सुरु गरेका र सिक्दै गरेका पत्रकार एवंम संचारकर्मीला लागि २ दिने क्षमता अभिबृद्धी कार्यक्रम मंगलसैनमा सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितीको आयोजना र जिल्ला शाखा अछामको संयोजनमा पत्रकारका लागि २ दिने क्षमता अभिबृद्धी कार्यक्रम सम्पन्न भएको हो ।

अछाम र बाजुरा जिल्लाका पत्रकार र संचाकर्मीका लागि आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अधिवक्ता सरिता तिमिल्सैना र पूर्व केन्द्रिय सदस्य कर्ण शाहले प्रशिक्षण दिएका थिए ।

यसअघि शनिबार प्रदेश अध्यक्ष योगश रावलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा मंगलसैन नगरपालिकाका नगर प्रमुख पदम बोहरा प्रमुख अथिति र पञ्चदेवल बिनायक नगरपालिकाका नगर प्रमुख अम्बिका चलाउने बिशिष्ट अथिति रहेका थिए ।

आन्तरिक मामिला तथा कानुन मन्त्रायलको सहकार्यमा संचान भएको कार्यक्रममा अछाम र बाजुराका गरी २६ जना संचारकर्मी तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।