मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्रकार परिर्वतनका बाहक हुन् : नगर प्रमुख बोहरा

पत्रकार परिर्वतनका बाहक हुन् : नगर प्रमुख बोहरा


अछाम । जिल्लाको सदरमुकाम रहेको मंगलसैन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहराले पत्रकार आवाज बिहिनहरुको आवाज बन्नुपर्नेमा जोड दिदैँ पत्रकार जगत अन्यायमा परेकाहरुको न्याय हो भरोसा र बिश्वास भएको बताएका छन् ।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितीको आयोजना एवम जिल्ला शाखा अछामको संयोजनमा पत्रकारका लागि २ दिने क्षमता अभिबृद्धी सम्बन्धी तालिममा प्रमुख अथितिको आशन बाट बोल्दै नगर प्रमुख बोहराले पत्रकार परिर्वतनका बाहक भएको बताए ।

आफुले अछाम जिल्लाका कुनै पनि पत्रकार र संचारसंस्थालाई कहिले पनि पक्ष बिपक्षको आँखा नहरेको बताए । सबैलाई समान तरिकाको व्यबहार देखाएको उनको भनाई थियो ।

तत्कालिन द्धन्द्धको समयमा अछाम जिल्लाका पत्रकारले गरेको मेहनत साँच्चिकै स्मरण गर्न लायक भएको भन्दै नगर प्रमुख बोहराले पत्रकार मात्रै नभएको भए जिल्लामा ठुलो जनधनको क्षति हुने बताए । पत्रकारहरुकै कारण जिल्लामा त्यो बेला धेरैको ज्यान जोगिएको उनको भनाई थियो ।

आउने दिनहरुमा पत्रकारहरु संगै सहकार्य गर्दै मंगलसैन नगरपालिका अघि बढ्ने बताए । महासंघ अछामको विकास र संचारकर्मीहरुको क्षमता विकासका लागि सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।