मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटा अस्पतालको दिगोपनाका लागि पहल गर्छु : योगेश भट्टराई

बयालपाटा अस्पतालको दिगोपनाका लागि पहल गर्छु : योगेश भट्टराई


अछाम । प्रतिनिधी सभा सदस्य योगेश भट्टराईले बयालपाटा अस्पताललाई दिर्घकालिन रुपमा संचालन गर्न संघिय सरकारले पनि साथ दिनुपर्ने बताएका छन् । बयालपाटा अस्पतालले दुर्गम क्षेत्रका जनतालाई निशुल्क स्वास्थ्य सेवा प्रदान गरिरहेकाले यसको दिगोपनाका लागि आफुले पनि पहल गर्ने बताएका छन् ।

नेकपा एमाले तत्कालिन महासचिव मदन भण्डारीको ७१ औँ जन्म जयन्तीको अवसरमा राष्टिय स्वास्थ्यकर्मी महासंघ नेपाल जिल्ला समिती अछामले आयोजना गरेको प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमको अवसरमा अछाम पुगेका पूर्व मन्त्री तथा नेकपा एमालेका केन्द्रिय सचिव भट्टराईले बयालपाटा अस्पतालको अवलोकन गर्दै देशकै नमुना अस्पताल भएको भन्दै यस प्रकारको मोडल स्थानिय पालिकामा पनि लागु गर्नुपर्ने बताए ।

पार्टीको स्वास्थ्य तथा जनसंख्या बिभाग प्रमुख एवंम राष्टिय स्वास्थ्यकर्मी महासंघ नेपालका ईन्चार्ज समेत रहेका नेता भट्टराईले देशका हरेक पालिकामा सेवाग्राहीको आवश्यक्ताका आधारमा अस्पतालको शैया तय गरी बयालपाटा अस्पताललाई नमुनाको रुपमा लिएर अस्पताल निर्माण गर्न सकिने उनको भनाई थियो ।

यस्तै अछाम क्षेत्र नं. २ बाट प्रतिनिधी सभा सदस्य यज्ञ बोगटीले बयालपाटा अस्पतालको दिगोपनाका लागि प्रदेश र संघिय सरकारमा पहल गर्ने बताए । आफु बिशेष समय लिएर भएपनि अस्पतालका बिषयमा कुरा उठाउने उनको भनाई थियो ।

भ्रमणमा राष्टिय स्वास्थ्यर्मी महासंघका केन्द्रिय अध्यक्ष डा. झलक शर्मा गौतम, युवा संघ नेपालका स्थायी कमिटी सदस्य बिनय शाह लगायतको सहभागीता रहेको राष्टिय स्वास्थ्यकर्मी महासंघ नेपालका केन्द्रिय सचिव एबम सुप इन्चार्ज सिद्ध ढुगानाले बताए ।

बयालपाटा अस्पतालले प्रदान गरिरहेको सेवाका बारेमा अस्पतालका मेडिकल तथा शल्यचिकित्सा निर्देशक डाक्टर मन्दिप पाठकले जानकारी गराउनुका साथै अस्पताल भम्रण तथा निरिक्षण गराएका थिए ।