मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटा अस्पताल प्रति प्रदेश सरकार गम्भिर भएन : स्थानिय सरोकारवाला

बयालपाटा अस्पताल प्रति प्रदेश सरकार गम्भिर भएन : स्थानिय सरोकारवाला


अछाम । बयालपाटा अस्पतालको दिगोपनाका लागि पहल गर्न परार्मश समिती गठन गरिने भएको छ । अस्पतालको दिगोपना संगै सुदुरपश्चिम प्रदेश मातहतमा ल्याउन तथा संस्थागत विकासका लागि परार्मश समिती गठन गरिने भएको हो ।

जिल्ला समन्वय समिती अछामको संयोजकत्वमा अछाम स्थित राजनितिक दल, सेवा क्षेत्र अछाम बाजुरा र डोटीका स्थानिय पालिका प्रमुख तथा न्याय हेल्थ नेपालका पदाधिकारीको सहभागीतामा अस्पताल विकास परार्मश समिती गठन गरिने निर्णय भएको बयालपाटा अस्पतालले जनाएको छ ।

जिल्ला समन्वय समिती अछामको आयोजनामा भएको बैठकले बयालपाटा अस्पताललाई अपुग बजेटको व्यावस्थाका लागि सुदूरपश्चिम प्रदेश सरकार तथा सेवा क्षेत्र अछाम, बाजुरा र डोटीका पालिकाहरु संग बजेट माग गर्ने समेत निर्णय भएको छ ।

जिल्ला समन्वय समिती अछामका प्रमुख ललित बहादुर कुवँरको अध्यक्षतामा भएको बैठकमा सहभागी सुदूरपश्चिम प्रदेशका सांसद माननिय हर्क बहादुर कुवँर र माननिय भरत खड्काले अस्पतालको दिगोपनाका लागि प्रदेश सरकारलाई थप बजेट व्यावस्था गर्न आग्रह गर्ने बताएका थिए ।

अस्पतालले यस दुर्गम क्षेत्रका जनतालाई निशुल्क गुणस्तरिय सेवा प्रदान गरिरहेकोमा प्रशंसा गर्दे उनिहरुले अस्पताल दिर्गकालिन रुपमा चल्न सबै क्षेत्रबाट सहयोग हुनुपर्ने र आफुहरु समेत यसमा चिन्तित रहेको बताए ।

बयालपाटा अस्पतालले दिईरहेको सेवा सबैका सामु छर्लगं हुदा पनि पटक पटक प्रदेश र केन्द्र सरकार संग हार गुहार गरिराख्नु पर्ने बाध्यताको अन्त्य हुनुपर्नेमा स्थानिय पालिकाका प्रमुखहरुले जोड दिएका थिए ।

प्रदेश सरकारले आफ्नो मातहतमा अस्पताललाई संचालन गर्नुपर्ने र बजेटको नियमित व्यावस्थापन गर्नुपर्ने स्थानिय राजनितिक दलका प्रतिनिधीको भनाई थियो । यसअघि पनि पटक पटक बैठक गरेर प्रदेश सरकारलाई घचघच्याउदा पनि प्रदेश सरकारले यस बिषयमा गम्भिर नभएको उनिहरुको आरोप थियो । बढेर आफुनको साटो बजेट घट्नु दुखद भएको उनिहरुको भनाई थियो ।

अछामका प्रमुख जिल्ला अधिकारी बिश्वराज मरासेनी लगायतका सरोकारवालाको सहभागीता रहेको बैठकले अस्पताल विकास परार्मश समितीको गठन गर्न असार २० गते पुन बैठक बोलाएको छ ।