मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एलपी शर्माको लिलुलाई छोटो सममै ८ लाख बढी दर्शकको माया

एलपी शर्माको लिलुलाई छोटो सममै ८ लाख बढी दर्शकको माया


अछाम । अछाम सहित सुदूरपश्चिम तथा कर्णाली प्रदेशको कुप्रथाका रुपमा रहेको छाउपडी कुप्रथाको कथा बोकेको म्युजिक भिडियो ‘लिुल’ ले छोटो समयमै सफलता प्राप्त गरेको छ ।

लक्ष्मी प्रसा शर्माको लिलु बोलको लोक देउडा गित करिब डेढ महिना अघि सार्वजनिक भएको थियो । लिुल सार्वजनिक भएको छोटो समयमै दर्शक तथा श्रोताले यसलाई मन पराएका छन् । सामाजिक चेतना तथा कुप्रथाका बिरुद्ध आवाज बोकेको लिलु गितलाई हालसम्म ८ लाख बढी समय युटुवमा हेरिएको छ ।

युट्युबमा रिदम भिड च्यानल मार्फत सार्वजनिक भएको लीलु भिडियोमा २ हजार २ सय बढी प्रतिक्रिया प्राप्त भएका छन् । सकरात्मक प्रशंसा बटुल्न सफल लीलु हेरे पश्चात् सबैले यसको तारिफ गर्ने गरेका छन् ।

छोटो समयमै सकरात्मक प्रतिक्रिया र दर्शकको माया र साथ पाउदाँ आफुलाई थप हौसल्ला मिलेको शर्माले सुदूरआजलाई बताए ।

यो पनि हेर्नुस

लालेको तयारीमा शर्मा

छाउपडी प्रथा र प्रथाले रजस्वला उमेरका किशोरी तथा महिलाले भोग्नु परेका नियतिबारे तयार पारिएको म्युजिक भिडियो लिलुलाई मिलेको माया र दर्शकले दिएको साथले नयाँ म्युजिक भिडियो लाले बजारमा ल्याउने हौसला प्राप्त भएको शर्माको भनाई छ ।

आउँदो म्युजिक भिडियो लाले मङ्सिरसम्म बजारमा ल्याइसक्ने र लालेले पनि सचेतनामूलक सन्देश दिने शर्माले बताएका छन् । सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा व्याप्त रहेको छाउ प्रथा र प्रथाका कारण महिला तथा किशोरीले भोग्नु परेको अवस्थालाई लीलुले ऐनाजस्तै छर्लङ्ग कथामा उतारेको श्रोता र दर्शकले प्रतिक्रिया दिइरहेका छन् ।

आगामी मङ्सिरसम्म बजारमा आउने लालेमा स्वर र अभिनय कसको रहने भन्नेबारे निर्माता शर्माले खुलाएका छैनन् । साँफेबगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत समेत रहेका निर्माता शर्मा साहित्य तथा लोक संस्कृतीमा समेत दख्खल राख्छन् ।

उनले लीलु मार्फत आफ्नो छुट्टै परिचय बनाउन समेत सफल भएका छन् ।