मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पञ्चदेवल बिनायक नगरपालिकामा बिद्युतको केन्द्रिय लाईन विस्तार

पञ्चदेवल बिनायक नगरपालिकामा बिद्युतको केन्द्रिय लाईन विस्तार

सुदूर आज

अछाम । जिल्लाको पञ्चदेवल बिनायक नगरपालिकामा केन्द्रिय बिद्युतको प्रसारण लाईन बिस्तार भएको छ । नगरमा पहिलो पटक वडा नं. १ मा केन्द्रिय प्रसारण लाईन जडान भएसंगै यसको बिस्तार भएको हो ।

बिहिबार एक कार्यक्रमका बिच नगर प्रमुख अम्बिका चलाउनेले प्रसारण लाईनको उद्घाटन गरिन् । उनले वडा नं. १ मा बत्ति बालेर प्रसारण लाईनको उद्घाटन गरिन् । नगर प्रमुख चलाउनेले नगरको प्रथामिक्तामा शिक्षा, स्वास्थ्य र बिद्युत रहेको भन्दै उज्यालो नगर बनाउने लक्ष्यका साथ काम अघि बढाएको बताई्न ।

अब लगत्तै वडा नं. २ र ३ मा पनि बिद्युत विस्तार गरिने र ३ बर्ष भित्र नगरभरीमा केन्द्रिय बिद्युत लाईन बिस्तार गरिने लक्ष्य रहेको नगर प्रमुख चलाउनले बताईन् । कार्यक्रममा नगर उपप्रमुख हर्क बहादुर रावल, प्रमुख प्रशासकीय अधिकृत शिब प्रसाद रेग्मी, वडा नं. १ का अध्यक्ष दुर्गा तिमिल्सैना, कांग्रेस जिल्ला सदस्य महिला नेतृ राधा आचार्य ढकाल लगायतको सहभागिता रहेको थियो ।