मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाली जनसम्पर्क समिति आएरल्याडबाट मनसरालाई ६३ हजार भन्दा बढि आर्थिक सहयोग

नेपाली जनसम्पर्क समिति आएरल्याडबाट मनसरालाई ६३ हजार भन्दा बढि आर्थिक सहयोग


अछाम : जिल्लाको मेल्लेख गाउँपालिका वडा न . ३ ठाटिकि मनसरा आउजीलाई नेपाली जनसम्पर्क समितिले आर्थिक सहयोग गरेकाे छ। मनसराकाे पारिवारिक समस्याकाे भिडियो सामाजिक संजालमा पाेष्ट भएपछि उनको पिडा सहन नसकि नेपाली जनसम्पर्क समितिले सहयोग गरेको हो।

समितिका सभापति अंकित वलिकाे पहल तथा समितिका सहमहामन्त्री तथा आर्थिक संकलन समिति संयोजक लोकेश धामीको संयोजकत्वमा आएरलेण्डमा रहेका नेपाली दाजुभाइबाट अर्थिक संकलन गरि ६३ हजार १ सय ४५ रुपैया नगद सहयोग गरिएको छ ।

मेल्लेख गाउपालिकाकाे कार्यालयमा बाेलाइ मनसरा लाइ नगद हस्तान्तरण गरेपछि केहि समस्या समाधान हुने भन्दै अफु खुसि भएको उनले बताईन।

सहयोग रकम मेल्लेख गाउपालिकाका उपाध्यक्ष नृप बहादुर खड्काले हस्तान्तरण गरे । हस्तान्तरण पछि बाेल्दै उपाध्यक्ष खडकाले नेपाली जनसम्पर्क समिति तथा अंकित वलिकाे पहलकदमि प्रति धन्यवाद दिएका छन यसरी नै अरुले पनि सहयोग गर्न अनुराेध गरेका छन ।

सहयोग हस्तान्तरण कार्यक्रममा वडा न. का वडा अध्यक्ष प्रकाश अधिकारी, मेल्लेखका इन्जिनियर खडक धामी, नेपाली काग्रेस जिल्ला कार्यसमिति सदस्य गाेकुल भाट, सुदूरपश्चिम प्रदेश प्रतिनिधि तथा नेविसंघ पाेखरा बिश्वबिद्यालय सभापति सुशील कुवर लगायतको सहभागिता रहेकाे थियाे ।

मनसरा काे ५ जनाएको परिवार छ । गाँस बास कपास केहि छैन भारत मा बस्दा बस्दै श्रीमान गुमापछि कमाउने काेहि छैनन् छाराछाेरि बिचल्लीमा छन । अहिले मेल्लेख वडा न .३ ठाटि मा समिति गठन गरि बस्ने घर निर्माण गरिरहेका छन ।

यसै गरि पाएकाे सहयोगले उनले छाेराछाेरी पालिरहेकि छन् । मेल्लेख गाउँपालिकाले पनि शैक्षिक सामग्री सहयोग गरेकाे थियाे । थप सहयोगका लागि पहल भैइरहेको पालिकाले जनाएको छ ।