मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सन्दर्भ प्रदेश सभाको चुनाव : चर्चामा ‘पदम अधिकारी’

सन्दर्भ प्रदेश सभाको चुनाव : चर्चामा ‘पदम अधिकारी’

जनस्तरमा बलियो पकड भएका अधिकारीलाई पार्टीमा सबै क्षेत्रका नेता कार्यकर्ताको पनि साथ


अछाम । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचनको सर्वत्र चर्चा परिचर्चा सुरु भएको छ । राजनीतिमा जागरुक अछामी समाजले निर्वाचनका साथै सम्भावना भित्रका उम्मेदवारका सन्दर्भमा पनि गहिरो चासो लिएको बुझ्न सकिन्छ ।

अछाम जिल्लाका दुबै ( अछाम १ र २ ) निर्वाचन क्षेत्रका प्रतिनिधि सभाका र चारै प्रदेश सभाका सम्भावित उम्मेदवारका सन्दर्भमा चासो बढेको हो । राजनीति चेतनाले भरिपूर्ण अछामी समाजले उम्मेदवारको नापतौल गरिरहेको छ । लोकप्रिय र जनतामा भिजेका उम्मेदवार हरुको सबभन्दा बढी चर्चा छ ।

यतिबेला अछाममा चर्चा र छलफलको केन्द्रमा अछाम – २ को ख प्रदेश सभा क्षेत्र अरुभन्दा बढी नै छ । अझ नेपाली कांग्रेसको आन्तरिक राजनीति लाई तरंगित बनाउने महासमिति सदस्य पदमराज अधिकारीको उम्मेदवारका लागि बलियो दाबेदारीले यतिबेला अछामी २ प्रदेश सभा तर्फको ख क्षेत्र छलफल र चर्चामा मात्र छैन सदरमुकामको मंगलसैन देखि ढकारी सम्मको राजनीतिमा हलचल आएको छ ।

नेपाली कांग्रेसको नर्सरी नेविसंघको प्रोडक्ट रहेका अधिकारीको नेपाल शिक्षक संघमा हुँदा देखाएको नेतृत्व क्षमता र स्थायी जागीर त्यागेर पूर्णकालिन राजनीतिमा आएका कारण २ प्रदेश सभा तर्फको ख क्षेत्रको राजनीतिमा हलचल आएको सहज अनुमान लगाउन सकिन्छ । नेविसंघको पदाधिकारी हुँदा ,शिक्षक संघको नेतृत्वमा रहदा चर्चित नेता रहेका अधिकारी १३ औं महाधिवेशन देखि महाधिवेशन प्रतिनिधि बिजयी भएपछि पार्टीको लोकप्रिय नेता मध्यका हुन ।

१४ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यको मत परिणामले पनि नेता अधिकारीको लोकप्रियता मात्रै सावित गर्दैन उहाँको प्रदेश सभाको उम्मेदवारी लाई पनि उत्तिकै मजबुत बनाउछ । महासमिति सदस्य अधिकारीको उम्मेदवार बन्ने आधार मात्रै बलियो छैन टिकट पाए पछि जित्ने आधार पनि अरुभन्दा प्रष्ट बलियो छ ।

जनस्तरमा बलियो पकड भएका अधिकारीलाई पार्टीमा सबै क्षेत्रका नेता कार्यकर्ताको पुरापुर साथ छ । एमालेको बलियो आधार भएको अछाम – २ ख प्रदेश सभा क्षेत्रको किल्ला तोड्न सक्ने एकमात्र उम्मेदवार पदम अधिकारी मात्र भएको नेपाली कांग्रेसमा कार्यक्रता पंतिको बुझाई रहेको छ ।

अछामको पार्टी पंतिमा कार्यक्रताले पत्याएका नेपाली कांग्रेसका नेता अधिकारीलाई अछाम २ नम्बर अन्तर्गत प्रदेश सभा ख क्षेत्रको टिकटको लागि पार्टी नेतृत्वले कत्तिको मूल्याकंन गर्छ सबैतिर चासोको बिषय छ ।

को हुन पदम अधिकारी ?

कमलबजार नगरपालिका – ७ ( साविको सेरा गाविसको फल्टानेमा ) जन्मिएका पदमराज अधिकारीले नेबिसंघबाट राजनीति सुरु गरेका हुन् । २०४६ सालको सेरोफेरोमा जालपादेवी मावी ढाकुमा नेविसंघको बिध्याय स्थरिय समितिमा आबद्ध उनि २०४८ सालमा नेविसंघको जिल्ला सदस्य चयन भएका थिए ।

२०५२ देखि २०५४ सम्म नेपाल बिद्यार्थी संघ अछामको कार्यबाहक सचिवको अनुभव सगालेका अधिकारी अध्ययनको सिलसिलामा महेन्द्रनगर झरेपछी कञ्चनपुरमा नेविसंघको निर्वाचित जिल्ला सचिव बनेका थिए । अधिकारी सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरमा स्ववियुमा नेविसंघको तर्फबाट सचिवको उम्मेदवार समेत भए ।

पढाई सकेर अछाम फर्केका अधिकारी शिक्षण पेशामा लागे । अनि बिधिवत सुरु भयो पेशागत राजनीति । नेपाली कांग्रेसको भातृ संगठन नेविसंघको राजनीतिलाई बिट मार्दै उतिबेला अधिकारी शुभेच्छुक संगठन नेपाल शिक्षक संघको सक्रिय राजनीतिमा सक्रिय भए । २०५४ साउनमा शिक्षण पेशामा शिक्षण पेशामा २०६२ हिउँदमा मा शिक्षक संघमा पदाधिकारी बनेका हुन ।

अधिकारी संघमा जिल्लाको सहसचिव, सचिव हुँदै जिल्ला अध्यक्ष समेत बनेका थिए । उतिबेलाका शिक्षक नेता अधिकारी जिल्लामा पार्टी नेतृत्वका लागि सदाबहार सल्लाहकार पनि । गाह्रो अफ्ट्यारोमा जहिल्यै उपलब्ध हुने पार्टीमा सबैले भरोसा गर्ने ब्याक्तित्व ।

१०औं महाधिवेशन देखि १२ औं महाधिवेशन सम्म पार्टीलाई शिक्षक संघबाट सहयोग गर्दै आएका अधिकारी १३ औं मा महाधिवेशन प्रतिनिधिमा भिडे र जिते पनि । अनि १४ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधिमा मात्र समिति भएनन । उनले महासमिति सदस्य सम्मको राजनीतिक यात्रा तय गरे ।

अन्तत १७ बर्ष अस्थायी र ८ बर्ष देखि स्थायी शिक्षकको रुपमा काम गरेका आँटिला अधिकारील शिक्षण पेशाबाट बिदा भएर पूर्णकालिन राजनीतिमा होमिएका छन । नेपाली कांग्रेसको राजनीतिको केन्द्रमा रहेका एक सय किलोग्राम भन्दा भारी शरीर भएका अधिकारीको शारीरिक तौल र उचाई भन्दा राजनीतिक बजन कुनै हिसाबले कम छैन । अछाम २ अन्तर्गत ख क्षेत्रमा लोकप्रियताका आधारमा राजनीतिको तराजुमा उनको बराबर तौल पुर्याउन अरुलाई त्यति सजिलो छैन ।

लामो समय देखि राजनीतिमा क्रियासिल उनमा जनप्रतिनिधिको हैसियतले समाजसेवा गर्ने हुटहुटी छ । आफ्नो ब्याक्तीगत वृत्ति विकासका लागि नभएर पार्टीको नीति, विधि र पद्धतिमा रही समतामूलक समाज निर्माणका लागि राजानितिक गर्नु पर्छ भन्ने दृढ मान्यतामा नेता अधिकारीको अडिग छन ।

बिध्यार्थी राजनीति रहदा र शिक्षण पेशामा आवद्ध हुँदा अछामी समाजका कठिनाइलाई मसिनो तरिकाले नजिक बाट नियालेका अनुभवमा पनि अब्बल अधिकारी ती समस्या समाधानका लागि जनप्रतिनिधि बन्न आवश्यक रहेको उनको धारणा रहेको छ ।

यो पनि