अर्थ

संसदबाट धमाधम सांसदले बिदा लिँदै

काठमाडौं : मौजुदा प्रतिनिधिसभाको कार्यकाल सकिनै लाग्दा सांसदहरुले औपचारिक रुपमा धमाधम बिदा लिन थालेका छन् । प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउन खोजेको भन्दै १९ भदौमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिएको बताएका थिए ।

१९ भदौमा बसेको बैठकमा उनले यस मौजुदा संसद बैठकमा सहभागी नहुने भन्दै आफूले पाउने तलबभत्ता र सुविधा नपठाउन सभामुख र सचिवालयका कर्मचारीलाई आग्रह गरेका थिए । उनले सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।

लिङ्देनले सांसद पदबाट राजीनामा दिएको १२औँँ दिन बुधबार ९२९ भदौ० मा बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले सबैलाई धन्यवाद दिँदै अब यस मौजुदा संसदमा सांसदमा रुपमा उपस्थित नहुने बताएका हुन् ।

बुधबार बसेको बैठकको शून्य समयमा कांग्रेसकी रंगमती शाहीले शून्य समयमा बोल्ने आफ्नो अन्तिम रहेको भन्दै सबैलाई आगामी निर्वाचनमा जितेर आउन शुभकामना दिँदै बिदा लिएकी छन् ।

यसैगरी जसपाकी रेनुका गुरुङले पनि सबैलाई शुभकामना दिँदै बिदा लिएकी छन् । कांग्रेसका भरतकुमार साहले पनि सभामुख, उपसभामुख, सांसद सबैलाई धन्याव दिएका छन् ।

निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची बुझाएसँगै मौजुदा संसदको कार्यकाल सकिने भन्दै पत्राचार गरिसकेको छ । यसअनुसार १ असोजबाट मौजुदा प्रतिनिधिसभाको कार्यकाल सकिनेछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

चौरपाटीको न्यु होराइजन युथ क्लबद्धारा अछाममा पहिरो पीडितका लागी आर्थिक संकलन अभियानको थालनी
महासंघले मिलायो डेंगु भएका पत्रकारलाई उपचारको व्यवस्था
मेघा बैंक लिमिटेड साँफेबगरद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न 
मन्त्री राईको चेतावनी:निर्माण कार्य अधुरो छाड्नेलाई कारबाही हुन्छ