देश

महासंघले मिलायो डेंगु भएका पत्रकारलाई उपचारको व्यवस्था

काठमाडौं: नेपाल पत्रकार महासंघले काठमाडौं उपत्यकामा डेंगु भएका पत्रकारलाई उपचारको व्यवस्था मिलाएको छ ।

‘काठमाडौं उपत्यकामा क्रियाशील सयौँ पत्रकार डेंगु महामारीको चपेटामा पर्नु भएको छ । कतिपय अस्पतालमा बेड नपाउने समस्या भएकाले भर्ना हुनुपर्ने अवस्थाका पत्रकारका लागि नेपाल प्रहरी अस्पताल महाराजगन्जमा भर्ना भइ उपचार गर्ने व्यवस्था मिलाइएको छ,’ महासंघले आज एक सूचना प्रकाशित गरी भनेको छ ।

त्यस्तै पत्रकारले महाराजगन्जकै मेदान्त पोलिक्लिनिकमा गएर समेत डेंगुको निःशुल्क परीक्षण गर्न सकिने महासंघले जनाएको छ ।

‘परीक्षणका लागि पत्रकार महासंघले जारी गरेको पत्रकार परिचय पत्र वा काठमाडौं शाखा र महासंघ केन्द्रीय कार्यालयबाट सिफारिस लिएर जान सकिनेछ,’ महासंघले भनेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रातारात डाेजर लिएर सडक मर्मतमा जुटे वडा अध्यक्ष रावल
चौरपाटीको न्यु होराइजन युथ क्लबद्धारा अछाममा पहिरो पीडितका लागी आर्थिक संकलन अभियानको थालनी
बाजुराको एउटा बिद्यालयमा बिषय शिक्षक नहुँदा अहिले सम्म पढाई हुन सकेको छैन
मैले जति कर्णाली अरूले बुझेका छैनन् : मुख्यमन्त्री शाही