मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेविसंघ अछाम २ धारमा : जिल्लामा समानान्तर कार्यक्रम हुदैँ

नेविसंघ अछाम २ धारमा : जिल्लामा समानान्तर कार्यक्रम हुदैँ


अछाम : नेपाल बिद्यार्थी संघ अछामा दुई धारमा बिभाजित भएको छ । जिल्लामा पछिल्लो पटक समानान्तर कार्यक्रम हुन थालेपछि नेबिसंघ अछाम दुई कित्तामा बिभाजित भएको देखिएको हो ।

संघको ५४ औँ स्थापना दिवसको अवसरमा समेत जिल्लामा दुईवटा समुहमा फरक फरक कार्यक्रम भएपछी यसको असर देखिएको हो ।

दुबै समुहले स्थापना दिवसको अवसरमा बयालपाटा अस्पतालमा बिरामीलाई फलफुल वितरण तथा रक्तादान कार्यक्रम गरेका छन् । बिहान खेमराज खड्का पक्ष र दिउसो उमेश कुँवर समुहले सो कार्यक्रम आयोजना गरेका हुन् । तर दुबै कार्यक्रमका सहभागी अथिति भने एउटै थिए ।

दुबै कार्यक्रमबाट बिरामीलाई फलफलु बिरतण भएको छ भने बिहानको कार्यक्रमबाट ११ पिण्ट र दिउसोका कार्यक्रमबाट ७ पिण्ट रगत संकलन भएको छ ।

दुबै कार्यक्रममा सहभागी रहेका प्रमुख अथिति कांग्रेस अछामका पूर्व पार्टी सभापति भरत कुमार स्वाँर, कांग्रेस सुदूरपश्चिम प्रदेश सदस्यद्धय भक्त ठकुल्ला र रुपा आउजीले कांग्रेसको जग नै दुई कित्तामा उभिनु दुखद भएको बताएका थिए ।

नेविसंघको बिबादले पार्टीलाई समेत आधात पुग्ने भन्दै नेताहरुले यसको छिटो भन्दा छिटो निकास खोज्न तर्फ सबै लाग्नुपर्ने र आफहरु पनि यसमा सक्रिय हुने बताएका थिए । यद्यपी कार्यक्रम फरक फरक भएपनि उद्देश्य एउटै र मानव सेवा संग जोडिएका कारण आफुहरु दुबै कार्यक्रममा सहभागी भएको उनिहरुको भनाई थियो ।

लामो समय देखि नेविसंघको अधिबेशन हुन नसेपछि केही महिना पहिले तत्कालिन जिल्ला अध्यक्ष नृप साँउदले उमेश कुवँरलाई कार्यबाहक जिल्ला अध्यक्षको जिम्मेवारी दिएका थिए भने केन्द्रीय अध्यक्ष दुजांग शेर्पाले खेमराज खड्कालाई केन्द्रबाटे जिल्ला अध्यक्षको जिम्मेवारी प्रदान गरेका थिए ।