मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिमा प्राधिकरणको ५५ औ स्थापना दिवसमा कर्णाली प्रदेशमा विभिन्न कार्यक्रम

बिमा प्राधिकरणको ५५ औ स्थापना दिवसमा कर्णाली प्रदेशमा विभिन्न कार्यक्रम

सुदूर आज

नम बहादुर खड्का, सुर्खेत ।

नेपाल बीमा प्राधिकरणको ५५ औं बार्षिकोत्सवको पूर्वसन्ध्यामा कर्णाली प्रदेश कार्यालयको आयोजनामा हाजिर जवाफ प्रतियोगिता र फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

प्राधिकरणको आयोजनामा उक्त कार्यक्रममा सबै जीवन बिमा कम्पनी र निर्जिवन बिमा कम्पनीहरुको उल्लेखनीय उपस्तिथि रहेको थियो । कार्यालय प्रमुख पदम प्रसाद सोडारीका अनुसार हाजिरजवाफ मा प्रथम स्थान प्रभु इन्स्योरेन्स र फुटबल प्रतियोगितामा निर्जिवन बिमा कम्पनिले जित हासिल गरेको छ ।

हाल प्राधिकरणको हरेक प्रदेशमा उपस्तिथी रहेको छ र कार्यक्रमहरुमा उल्लेखनीय प्रगती भएको सोडारीले जानकारी दिए । प्राधिकरणले बैशाख ३१ गते रक्तदान कार्यक्रम गरिएको र जेष्ठ १ गते स्थापनाको अवसरमा प्रभातफेरी कार्यक्रम पनि गर्ने कार्यालय प्रमुख सोडारीले बताए ।