मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कृषी विकास बैँक टिकापुर शाखाद्धारा सामाजिक उत्तरदायित्व अन्तर्गत २ बिद्यालयलाई सहयोग हस्तान्त्ररण

कृषी विकास बैँक टिकापुर शाखाद्धारा सामाजिक उत्तरदायित्व अन्तर्गत २ बिद्यालयलाई सहयोग हस्तान्त्ररण


टिकापुर : सरकारी स्वामित्व रहेको नेपालको कृषि विकास बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत बिभिन्न सामाजिक कार्य गर्दै आईरहेको छ ।

जस अन्तर्गत कृषी विकास बैँक टीकापुर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत कैलालीको जानकी गा पा वडा नं ३ को सुवर्णपुरमा रहेको भृकुटी माध्यमिक बिधालय र जानकारी गाउँपालिका कै वडा नं. ५ को श्री रुक्मणि आधारभुत बिधालयलाई सहयोग गरेको छ ।

भृकुटीलाई १० जोर डेस्क बेन्च खरिदको लागि ५३ हजार प्रदान गरिएको छ भने रुक्मणीलाई ७५ हजारको चेक प्रदान गरिएको छ ।

बैंकले हरेक बर्ष कुल नाफाको १ प्रतिशत रकम सामाजिक क्षेत्रमा खर्च गर्दै सामाजिक हित र कल्याणकारी काम गर्दै आईरहेकोले सोही अनुसार बिद्यालयहरुलाई सहयोग गरिएको शाखा प्रबन्धक दिपेन्द्र रावलले बताए ।

बिधालय, समुदाय र बैंक बिच अझ समधुर सम्बन्ध हुनुपर्ने र शाखा त्यसका लागि सधैँ तयार रहेको समेत उनले बताए ।

रुक्मणि आधारभुत बिधालयलाई प्राबिधिमुलक शिक्षामा जोड दिन १ थान ल्यापटप, अन्य शैक्षिक सामाग्री र खेलौना सामग्री समेत प्रदान गरिएको शाखा प्रबन्धक रावलले बताए ।

चेक हस्तान्त्ररण कार्यक्रममा बैंकको तर्फबाट प्रबन्धक रावल, प्रदेश कार्यालयका शाखा प्रमुख भरत रावल र ब्यवसाय सहायक किशनराम भुल र बिधालयको तर्फबाट प्रधानध्यापक नृपराज भण्डारीले मन्तव्य राखेका थिए ।