मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दूषित पानीले लाग्ने रोग यस्ता छन्

दूषित पानीले लाग्ने रोग यस्ता छन्


दूषित पानी प्रयोग गर्दा सुरुमा बान्ता हुने, पेट दुख्ने, झाडापखाला लाग्ने हुन्छ । झाडापखाला गराउने भाइरस तथा ब्याक्टेरियाले हैजा, टाइफाइड हुन सक्छ । कसै–कसैमा दिसामा आउँ पर्ने, रगत देखिने र कसै–कसैलाई ज्वरो आउनेसमेत हुन्छ । झाडापखाला, टाइफाइड, जन्डिस गराउने भाइरस (हेपाटाइटिस) पनि पानीकै कारणले हुने गर्छ । छालासम्बन्धी रोग पनि देखिन सक्छ । 

कसरी बच्ने ?
– आफूले पिउने पानी कहाँबाट आएको हो, बुझ्नुपर्छ । इनारको पानी हो भने इनारवरपर पर्खाल लगाएर बगेर आउने पानी मिसिन दिनुहुँदैन । पाइपको पानी हो भने पाइप फुटेर फोहोर मिसिएको छ÷छैन, जाँच गर्ने गर्नुपर्छ । पानी सधैँ उमालेर, फिल्टर गरेर वा शुद्धीकरण विधि अपनाएर मात्र पिउनुपर्छ । 
– खाना खानुअघि, चर्पी गएर आएपछि, साबुनपानीले सफासँग हात धुनुपर्छ । 
– काँचो फलफूल, सागसब्जी खानुहुँदैन । सफा पानीले धोएर मात्र खानुपर्छ । पखाल्दा पानी सफा हुनुपर्छ । 
– आफ्नो घरवरपरको वातावरण सधैँ सफा राख्नुपर्छ । फोहोर बिसर्जन राम्रोसँग गर्नुपर्छ । 
– जथाभावी दिशा, पिसाब गर्न हुँदैन । शौचालय सधैँ सफा राख्नुपर्छ । 
– जथाभावी फोहोर फाल्नुहुँदैन । फोहोरको उचित व्यवस्थापन गर्र्नुपर्छ ।

समस्या देखिएमा 
– झाडापखाला लागेमा जीवनजल खानुपर्छ । यदि जीवनजल छैन भने नुन–चिनी–पानी पकाएर खानुपर्छ । झोलिलो खानेकुरा प्रशस्त खानुपर्छ । 
– दिनमा पाँचपटकभन्दा बढी पखाला लाग्यो । बान्ता हुने, खान मन नलाग्ने भएमा स्वास्थ्य संस्थामा जानुपर्छ । 
– ज्वरो आएको अवस्थामा सिटामोल लिन सकिन्छ । यसबाहेक अन्य औषधि चिकित्सकको सल्लाह नलिई प्रयोग गर्नुहुँदैन । 
– थप समस्या आए चिकित्सकसँग परामर्श गर्नुपर्छ । 

केही सम्भावित कारण 
खानेपानीको मुहानमै प्रदूषण भएको हुन सक्छ । त्यस्तै, ढल फुटेर खानेपानीमा मिसिँदा पानी दूषित हुन्छ । पानी परेर ढल ओभरफ्लो हुँदा खानेपानीमा मिसिँदा इन्फेक्सन बढी फैलन्छ । फोहोरमा भएको कीटाणु पानीमा बगेर गई खानेपानीमा मिसिँदा पानी दूषित हुने हुन्छ । खुला रूपमा गरेको दिसा–पिसाब खोलानाला, पोखरीमा मिसिने र त्यहाँको पानी मानिसले पिउँदा विभिन्न रोग लाग्ने हुन्छ । पानीको स्वाद फरक छ भने त्यो पानी दूषित हुन सक्छ ।