मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आमजनमा ‍स्वास्थ्य बीमा फेल भइसक्यो भन्ने पर्न थालेको छ: गगन थापा

आमजनमा ‍स्वास्थ्य बीमा फेल भइसक्यो भन्ने पर्न थालेको छ: गगन थापा


काठमाडौं- पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आमजनमा स्वास्थ्य बीमा फेल भइसकेको बुझाइ रहेको बताएका छन्। नेपाल चिकित्सक संघले आयोजना गरेको स्वास्थ्य सम्मेलनमा बोल्दै उनले आफू देश घुम्ने क्रममा बीमाबारे प्रश्न आउने बताउँदै यसप्रति आमजनको भरोसा रहेको बताएका हुन्। 

उनले भने,  ‘स्वास्थ्यमा हामी बीमाको बाटो जाने भनेर अघि बढेका हौं।  अहिले म देश घुमिरहेको छु। मलाई सोधिने प्रश्नमा पूर्व स्वास्थ्यमन्त्री रहेकाले बीमाबारे भइहाल्छ। आम नागरिकमा अब यो उठ्दैन, फेलिएर हुन लाग्यो भन्ने अवस्थामा देखिन्छ। यसप्रति भरोसा पनि उठेको  छ।’

राजनीतिक नेतृत्वमा प्रतिबद्धताको अभावले स्वास्थ्य बीमा यस्तो अवस्थामा पुगेको उनले बताए। राज्यको नेतृत्व तहमा यसबारे छलफल भइरहेको होला भन्ने आफूलाई नलागेको समेत बताए। 

उनले थपे,  ‘स्वास्थ्य बीमाको कानुन  स्वास्थ्य मन्त्रालयले स्वीकारेको छैन। मेरो नागरिकलाई मेरो प्रतिबद्धता यस्तो छ भन्ने राजनीतिक नेतृत्वमा सर्वथा अभाव छ।’

स्वास्थ्य बीमामा  स्पष्टताको अभाव समेत रहेको उनले बताएका छन्। ‘पाइलटिङ गरेर कानुन बनाएर गइसक्यौं। स्वास्थ्य बीमाको कानुन नै स्वीकारेका छैनौं। प्रत्येकपल्ट स्वास्थ्य मन्त्री आउँदा भेट्छु र कुरा गर्छु। तर,  यो स्वास्थ्य बीमा ऐनलाई स्वीकारेको पाएको छैन।’ 

उनले बीमा भन्नासाथ उपचारात्मक  भन्ने बुझाइ घातक रहेको समेत उल्लेख गरेका छन्। उदाहरण दिँदै भने,  ‘स्थानीय  तहको नेतृत्वमा काबिल मेयर छ। उसले उपचार बुझेको छ र भन्छ- दाइ, १५ बेडको अस्पताल बनाएरै छाड्ने हो। स्वास्थ्य भन्नेबित्तिकै हामी अस्पताल चाहियोतिर लागियो। बीमाबाट उपचार सेवा लिने संख्या जति घटाइयो त्यति सफल हुन्छ।’