मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फाुगन १३ देखि १७ सम्म मंगलसैनमा दादुरा रुबेला खोप अभियान सञ्चालन हुने

फाुगन १३ देखि १७ सम्म मंगलसैनमा दादुरा रुबेला खोप अभियान सञ्चालन हुने


अछाम : जिल्लाको सदरमुकाम रहेका मंगलसैन नगरपपालिकामा दादुरा रुबेला खोप अभियान सञ्चालन हुने भएको छ । यहि फागुन १३ देखि १७ गते सम्म खोप अभियान सञ्चालन हुन गईरहेको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक भुमिनन्द ढुंगानाले बताए ।

संयोजक ढुंगानाका अनुसार नगरका सबै स्वास्थ्य संस्थामा खोप सञ्चालन गरिनेछ । ९ महिना देखि ५ बर्ष मुनिका बालबालिकाहरुलाई खोप दिईने उनले बताए ।

नगरबासी सबैलाई ९ महिना देखि ५ बर्ष मुनिका बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा लिएर खोप लगाउनु संयोजक ढुंगानाले अनुरोध गरेका छन् ।