अछाम। बयालपाटा प्रादेशिक अस्पताल अन्तर्गत सञ्चालित एकद्वार संकट व्यवस्थापन केन्द्र (OCMC) को आयोजनामा महेन्द्र माध्यमिक विद्यालय, बयालपाटामा लैङ्गिक हिंसा सम्बन्धी विद्यालयस्तरीय सचेतना कार्यक्रम सम्पन्न भएको छ। प्रवर्द्धनात्मक तथा प्रतिरोधात्मक कार्यक्रम अन्तर्गत आयोजित उक्त कार्यक्रममा कक्षा ९ र १० मा अध्ययनरत करिब ८० जना विद्यार्थी सहभागी भएका थिए। कार्यक्रममा विद्यार्थीहरूलाई लैङ्गिक हिंसाको परिचय, हिंसाका विभिन्न प्रकार,…