अछाम ः जिल्लाका केही दुर्गम स्थानका स्वास्थ्यकर्मीहरु ज्यान जोखिममा राखेर जनतालाई स्वास्थ्य सेवा दिइरहेका छन । जिल्लाका दुर्गम ठाँउमा सहज यातायातको पहुँच नहुदाँ जोखिम मोलेर भएपनि जनतालाई स्वास्थ्यकर्मीले सेवा प्रदान गरिरहेका छन् । गाउँघरमा नियमित खोप सञ्चालन गरिरहँदा होस् या अन्य कोरोना लगायतका खोप संचालन गर्न गाँउघरमा जाँदा स्वास्थ्यकर्मीले ठुलो दुख कष्ट भोग्नु परिरहेको छ…