काठमाडौं- चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीले सुदूरपश्चिमको दार्चुलाबाट अनशन सुरु गरेका छन्। भारतबाट मिचिएको भूमि फिर्ताको पहल तथा गुणस्तरीय स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था लगायतका माग राख्दै केसीले दुई दिने अनशन मंगलबारबाट सुरु गरेका हुन्। महाकाली नगरपालिका–५ स्थित जगन्नाथ मन्दिर गल्फैमा पत्रकार सम्मेलन आयोजना गरी केसीले आफ्नो १८ औं अनशन सुरु गरेका हुन्।…