मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सेनाको हेलिकप्टरमार्फत गर्भवती महिलाको उद्दार

सेनाको हेलिकप्टरमार्फत गर्भवती महिलाको उद्दार


सुत्केरी हुन नसकेपछि एक गर्भवती महिलालाई सेनाको हेलिकप्टरबाट काठमाण्डौ ल्याइएको छ। सोलुको सोताङ गाँउपालिका ४ की ३० वर्षीय पुष्पकला राई स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी हुन नसकेपछि उनलाई महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङको पहलमा काठमाडौं ल्याइएको हो।

उनको थापाथलीस्थित परोकार प्रसुती अस्पतालमा उपचार भइरहेको छ। राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत यस मन्त्रालयले जटिल स्वास्थ्य अवस्था भएका गर्भवति तथा सुत्केरीको हवाई उद्दार गरी उपचार व्यवस्था गर्दै आएको छ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाईले अहिलेसम्म ९२ जान सुत्केरी तथा गर्भवती महिलाको हवाई उद्दार गरेको जनाएको छ।