मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समाजसेवी कुवँरको सहयोग प्रति न्याय हेल्थ नेपालद्धारा धन्यवाद ज्ञापन

समाजसेवी कुवँरको सहयोग प्रति न्याय हेल्थ नेपालद्धारा धन्यवाद ज्ञापन

यस्तै कठिन घड़ीमा परोपकारी मनहरूको खाँचो छ : कार्यकारी निर्देशक कलौनी


यस्तै कठिन घड़ीमा परोपकारी मनहरूको खाँचो छ : कार्यकारी निर्देशक कलौनी

पूर्ण बहादुर खड्का

चैत्र २४ अछाम – समाजसेवी कृष्ण कुवँरले बयालपाटा अस्पतालको लागि ५० हजार आर्थिक सहयोग गर्ने घोषणा गरेसंगै न्याय हेल्थ नेपालले कुवँरलाई धन्यबाद ज्ञापन गरेको छ ।

संस्थाका कार्यकारी निर्देशक एसपी कलौनीले यस सहयोगको लागि समाजसेवी कुँवरलाई विशेष धन्यवाद ज्ञापन गर्दै कठिन घड़ीमा यस्तै परोपकारी मनहरूको खाँचो रहेको औंल्याउनु भयो ।

संस्थालाई दिर्घकालिन रुपमा अघि बढाउन यस्तै परोकारी व्यक्ती, संघसंस्था, स्थानिय निकाय, दातृ निकायको तर्फबाट सहयोग आवश्यक रहेको कार्यकारी निर्देशक कलौनीको भनाई छ ।

सबै क्षेत्रबाट यस्तै प्रकारको सहयोग प्राप्त भएमा संस्थालाई दिर्घकालिन रुपमा संचालन गर्न गुणस्तरिय सेवा प्रदान गर्नमा थप बल पुग्ने उहाँको भनाई छ ।

यस्तै बायलापटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले पनि समाजसेवी कुवँरले गरेको सहयोगको घोषणाका लागि धन्यवाद दिदैँ यस्तै प्रकारका सहयोगले संस्थालाई अगाडी बढाउन मद्दत पुग्ने उल्लेख गर्नुभएको छ ।

अन्य क्षेत्रबाट पनि यस्तै प्रकारको सहयोगको खाँचो रहेकाले सहयोग गर्न डाक्टर गौचनले आग्रह समेत गर्नुभएको छ । साँफेबगर निवासी कुवँरले यसअघि अस्पताललाई ५० हजार सहयोग गर्ने घोषणा गर्नुभएको थियो ।