मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कविता : समय चक्र

कविता : समय चक्र


  • निलम न्यौपाने

निर्जिव त्यो बस्तु भित्र कहाली लाग्दो संसार छ ।
लाखौँ प्राणहरुको रोधन सुन्दैँ गरेको चित्कार छ ।।

त्रासको बिज रोपी झन्किएका डरहरु
हेर्दा लाग्छ दुरी बढेको अहिलेको संसार छ ।

कहाँ कसरी के हो कुन्नी प्रकृतीको श्राप जस्तो ।
गिताको सार झै मिथ्याको जालो यो संसार छ ।।

यस्तै होला युगले फेर्न चोलाहरु
सबैको दुख अन्त्य गर्ने ईश्वरकै आधार छ ।

समाधानका उपाय र सुरक्षाका बाटाहरु
सोचेर कोसिस गर्दे जाने कालखण्डको इृन्तजार छ ।
निर्जिव त्यो बस्तु भित्र कहाली लाग्दो संसार छ ।