काठमाडौं- इटालीलाई उछिन्दै छिमेकी मुलुक भारत कोरोनाबाट अत्ति प्रभावित छैटौं मुलुक बनेको छ । इटालीमा भन्दा १ हजार ६ सय ५३ जना बढि संक्रमित रहेको भारतमा शनिबार बिहानसम्ममा २ लाख ३६ हजार १ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ ।
इटालीमा भने २ लाख ३४ हजार ५ सय ३१ जना संक्रमित भएका छन् । भारतमा पछिल्लो २४ घण्टामा मात्रै ९ हजार ४ सय ७१ जना संक्रमित थपिएका छन् । पछिल्लो एक सातामा ६२ हजार ६ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ ।
बिहीबार ९ हजार ८ सय ८९ जनामा संक्रमण पुष्टि भएको थियो । बुधबार ९ हजार ६ सय ३३, मंगलबार ८ हजार ८ सय २१, सोमबार ७ हजार ७ सय ६१ आइतबार ८ हजार ७ सय ८२, शनिबार ८ हजार ३ सय ३६ जना संक्रमित भएका थिए ।
यस्तै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या भने ६ हजार ६ सय ४९ पुगेको छ । शुक्रबार एकै दिनमा २ सय ८६ जनाको मृत्यु भएको छ । एकै दिनमा यति ठूलो संख्यामा मृत्यु भएको पहिलो पटक हो । बिहीबार २ सय ७५ जनाको मृत्यु भएको थियो ।
कोरोनाबाट भारतको महाराष्ट्र सबैभन्दा बढि प्रभावित भएको छ । जहाँ ८० हजार २ सय २९ जना संक्रमित भएका छन् भने २ हजार ८ सय ४९ जनाको मृत्यु भएको छ ।
दोस्रो बढि प्रभावित राज्य तमिलनाडुमा २८ हजा ६ सय ९४ जना संक्रमित भएका छन् भने २ सय ३५ जनाको मृत्यु भएको छ । तेस्रो प्रभावित दिल्लीमा २६ हजार ३ सय ३४ जना संक्रमित भएका छन् भने ७ सय ८ जनाको मृत्यु भएको नेपाल समयमा खबर छ ।
प्रतिक्रिया