मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कविता – ‘नर्स तिमी’

कविता – ‘नर्स तिमी’


  • निलम न्यौपाने ।

निर्भर तिम्रा पाईलाहरु, बिगुल फुक्न सरिरहोस्
चेतनाका बाध बाँधी, स्वास्थ्य सन्देश छरिरहोस्

स्वस्थ्य तिमी भईकन, देशै स्वस्थ्य बनिरहोस्
आत्मनिर्भर तिम्रो अठोट, स्वस्थ्य समाज सजिरहोस्

गरिबको घाउचोट मलहम बनी हेरिरहोस्
सार्भभौम स्वास्थ्य बन्न, योगदान तिम्रो बनिरहोस्

बिरामीको सहारा, तिम्रै आँखा देखिरहोस्
तिमी आफु कुर्वान भई, जीवन उर्जा थपिरहोस्

सुन्दर समाज तिम्रै परिश्रमले सिर्जत गरोस्
आफ्नो भन्ने सबै छाडी, स्वस्थ्य अमर बनीरहोस्

नर्स तिम्रो योग्दान, सबैभन्दा उच्च छ
अतुलनिय तिम्रो सेवा, सम्मान बनी फैलिरहोस् ।।

चितवन ।