मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाले भारतमा ७ हजार ४६६ र अमेरिकामा १ लाख १० हजार भन्दा धेरैको मृत्यु

कोरोनाले भारतमा ७ हजार ४६६ र अमेरिकामा १ लाख १० हजार भन्दा धेरैको मृत्यु


काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ हजार ४६६ पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालससम्म भारतमा २ लाख ६६ हजार ५९८ जनामा कोरोना संक्रमण देखिसकेको छ । 

भारतमा केही दिन यता झण्डै १० हजारका दरले कोरोना संक्रमित थपिरहेका छन् । सरकारले लकडाउन खुकुलो बनाउँदै जाँदा संक्रमण फैलिने क्रम पनि तिव्र भइरहेको छ ।

भारतमा दैनिक २५० देखि ३ सयको बीचमा कोरोना संक्रमितको ज्यान गइरहेको छ । भारतमा हिजो (मंगलबार) भने अहिलेसम्मकै सबैभन्दा धेरै ३३१ कोरोना संक्रमितको ज्यान गएको डब्लूएचओले जनाएको छ । 

यस्तै अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १ लाख १० हजार नाघेको छ । 

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार हालसम्म अमेरिकामा कोरोनाका कारण १ लाख १० हजार २२० जनाको ज्यान गइसकेको छ । अमेरिकामा कुल संक्रमितको संख्या १९ लाख ३३ हजार ५६० पुगेको डब्लूएचओले जनाएको छ ।