मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा परिक्षणको दायरा बढ्न नसक्नु मुख्य चुनौतीः स्वास्थ्य कार्यालय प्रमुख ढुगाँना

अछाममा परिक्षणको दायरा बढ्न नसक्नु मुख्य चुनौतीः स्वास्थ्य कार्यालय प्रमुख ढुगाँना


कमल रावल, अछाम

स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुगाँनाले सरकारले कोरोनाभाईरसको संक्रमणको परिक्षणको दायरा बढाउनु नसक्नु मुख्य चुनौतीको बन्दै गएको बताएका छन् । अछाम जिल्लामा क्वारेन्टाईनमा बसेका थुप्रै नागरिकको आरडिटी र पिसिआर विधिबाट स्वास्थ्य परिक्षण नहुदा १४ दिनको सट्टा १९/२० दिन क्वारेन्टाईनमा नै बस्नु पर्ने अबस्था आएको बताए ।

डेनमार्क स्थित गैह्रसरकारी संस्था डिसिएको आर्थिक सहयोग तथा मालिका विकास सँघ नेपालको सहकार्यमा सञ्चालित डेनमार्कको आपतकालीन राहत कोष परियोजनामा संञ्चालित बहस कार्यक्रम साझेदारीमा बोल्दै प्रमुख ढुगानाले धनगढी र सुर्खेत पठाईएको सुर्खेतको पिसिआर रिपोर्ट अझै प्राप्त हुन नसकेको जानकारी दिए।

हालसम्म अछाम जिल्लाबाट पठाईएको ७ सय ४१ जनाको भिटिएम मध्ये ५ सय १२ जनाको मात्र रिपोर्ट प्राप्त भएकोले अझै भिटिएम समेत जिल्लामा अभाब नै रहेको प्रमुख ढुङ्गानाको भनाइ छ । १८ गते पठाईएको रिपोर्ट कतिपय अझै प्राप्त नभएको र अहीलेसम्म २ सय २९ जनाको रिपोर्ट आउन बाँकी नै रहेको उनले बताए ।

अछामका १० वटै स्थानिय तह गरि क्वारेन्टाईन बसेका, होम क्वारेन्टाई, स्वास्थ्यकर्मि गरि २ हजार ३ सय १० जनाको आरडिटी गरिएको १ सय भन्दा बढि पोजेट्भि आएकाले उनिहरुको समेत पिसिआर परिक्षण हुने नसकेको प्रतिक्रिया दिए । जिल्लामा हालसम्म क्वारेन्टाईनमा बसेकाको तथ्याक अनुसार ११ हजार बढि जिल्ला भित्रिएकोमा ८ हजार ७ सय ९७ जनामा क्वारेन्टाईनमा बसिरहेका उनले बताए ।

जसमा महिला १ हजार ४ सय ६३, ६० बर्ष माथिका ८२ जना, ५ बर्ष मुनिका बालबालिका ४ सय ५५ र एकदमै जोखिममा रहने बर्ग गर्भवती तथा सुत्केरी ४९ जना महिला क्वारेन्टाईनमा बसिरहेका प्रमुख ढुंगानाले जानकारी दिए ।