मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्त्रिपरिषद्‌को निर्णय – यसवर्षको एसईई परीक्षा नलिने

मन्त्रिपरिषद्‌को निर्णय – यसवर्षको एसईई परीक्षा नलिने


जोर-विजोरका आधारमा निजी सवारी साधन चल्न दिइने

काठमाडौं । मन्त्रिपरिषद् बैठकले बिहीबारदेखि लकडाउनको स्वरूप परिवर्तन गर्ने भएको छ । लकडाउन खुकुलो बनाउन दबाब बढेपछि मन्त्रिपरिषद् बैठकले बिहीबारदेखि नै निजी सवारी साधन चल्न दिनेगरी अहिलेको स्वरूप परिवर्तन गरेको छ ।

संक्रमित फेला परेका स्थानमा भने चल्न दिइने छैन । 

सुरुआती चरणमा जोर–विजोर नम्बरका आधारमा निजी सवारी चल्न दिइने र स्वास्थ्य मन्त्रालयको प्रोटोकल पालना भने गर्नुपर्ने एक मन्त्रीले बताए ।

त्यस्तै यसवर्षको एसईई परीक्षा नलिने र विद्यालयले लिएको परीक्षालाई आधार बनाइने निर्णय भएको छ । बुधबार शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले एसईई परीक्षा नलिन र आन्तरिक मूल्याङ्कनलाई आधार बनाउन प्रस्ताव गरेको थियो ।

चैत ६ गतेदेखि तय भएको परीक्षा अघिल्लो दिन स्थगित भएको थियो । अब विद्यालयको आन्तरिक मूल्याङ्कनलाई आधार बनाउनेगरी एसईई परीक्षा नलिइने निर्णय भएको ती मन्त्रीले बताए ।