मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

७२ लाख ७३ हजार ९५८ जनामा कोरोना संक्रमण

७२ लाख ७३ हजार ९५८ जनामा कोरोना संक्रमण


काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ४ लाख १३ हजार ३७२ पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म ७२ लाख ७३ हजार ९५८ जनामा कोरोना संक्रमण देखिसकेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार सबैभन्दा धेरै कोरोनाको प्रभाव अमेरिकी देशहरुमा परेको छ भने सबैभन्दा कम अफ्रिकन देशमा संक्रमण फैलिएको छ ।

अमेरिकन देशहरुमा हालसम्म कोरोना संक्रमण ३४ लाख ८५ हजारभन्दा धेरैमा फैलिसकेको छ भने अफ्रिमा महादेशमा यो संख्या १ लाख ५० हजारमा सिमित छ ।

युरोपमा २३ लाख ३९ हजारभन्दा धेरैमा कोरोना संक्रमण फैलिसकेको छ । 

संयुक्त राष्ट्रसंघले कोरोना नियन्त्रणका सवालमा अमेरिका र युरोपले अफ्रिकी देशबाट पाठ सिक्नु पर्ने बताउँदै आएको छ ।