मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

४२५ जना थपिए संगै नेपालमा कोरोना संक्रमितको संख्या ५७६० पुग्यो

४२५ जना थपिए संगै नेपालमा कोरोना संक्रमितको संख्या ५७६० पुग्यो


काठमाडौँ – नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार सात सय ६० पुगेको छ ।पछिल्लो २४ घण्टामा चार सय २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भए संगै यसको संख्या बढेको हो ।

मन्त्रालयका अनुसार अहिलेसम्म एक लाख ३३ हजार तीन सय ७७ जनाको पीसीआर र दुई लाख १० हजार सात सय २१ जनाको आरडीटी विधिमार्फत परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ८९ जनाको पीसीआर विधिमार्फत र २० हजार आठ सय जनाको आरडीटी विधिमार्फत परिक्षण भएको हाे ।

त्यस्तै नेपालमा कोरोना सङ्क्रमणमुक्त भएर डिस्चार्ज हुनेको सङ्ख्या साढे नाै सय नाघेकाे छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गाैतमका अनुसार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट निकाे हुनेकाे सङ्ख्या ६१ रहेकाे छ ।

योसँगै नेपालमा कोरोनाबाट निको भएर डिस्चार्ज हुनेको सङ्ख्या ९ सय ७४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।