मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाबाट १ सय ५२ नेपालीको ज्या’न गयो

कोरोनाबाट १ सय ५२ नेपालीको ज्या’न गयो


विदेशमा १३० र नेपालमा २२ जनाको मृ’त्यु

लन्डन  । कोरोना भाइरसको संक्रमणका कारण यो साता विदेशमा रहेका थप तीनजनाको मृ’त्यु भएको छ । गतसाता सं’क्रमणका कारण मृ’त्यु भएकाको संख्या शुन्य रहे पनि यो साता थप ३ जनाको मृ’त्यु भएको गैरआवासीय नेपाली संघले जनाएको छ । योसँगै गत ९ सातामा विदेशमा ज्या’न गु’माउने नेपालीको संख्या १ सय ३० जना पुगेको छ ।  यो साता मृ’त्यु भएका तीनैजना कतारमा कार्यरत नेपाली हुन्  ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता विदेशमा १० हजारभन्दा बढी नेपालीहरु कोरोना सं’क्रमणबाट मुक्त भएका छन् ।डेनमार्क, नेदरल्याण्ड, अष्ट्रेलिया, माल्टा, जापान, म्यानमार, पोल्याण्ड, रुस, न्युजिल्याण्ड, क्यानाडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियम, हंङ्गकङ्ग, दक्षिण कोरिया लगायतका १८ देशमा बस्ने नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका हुन् ।

संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार हालसम्म विदेशमा रहेका १७ हजार ७ सय ९२ जना नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् । संयोजक डा. सापकोटाका अनुसार यही साता अफ्रिकी मुलुकमा रहेका ४ जना नेपालीमा समेत कोरोना भाइरसको सं’क्रमण पुष्टि भएको छ ।   नेपालको ८ हजार ६ सय ५ सहित विश्वभरका ३५ देशमा २६ हजार ४ सय २ जना नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।

हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेनलगायत १३ देशमा रहेका नेपालीहरुको कोरोना भाइरस संक्रमणका कारण ज्या’न गएको संयोजक सापकोटाले जानकारी दिए ।

तीनहजार बढी नेपाल फर्किए – कोभिड–१९ को सं’क्रमण रोक्न लकडाउन घोषणा गरेसँगै विदेशमा रहेका नेपालीहरुको उद्धार कार्य जारी छ । सरकारले गत ५ जुन देखि स्वदेश फर्काउन सुरु गरेको अभियानले यतिबेला तीव्रता पाएको हो ।  गैरआवासीय नेपाली संघका राष्ट्रिय समिति तथा नेपाल सरकारका कूटनीतिक नियोगको संयुक्त पहलमा गत तीनहप्तामा ३ हजार १ सय ८ जना नेपाली घर फर्किसकेको एनआरएनएले जनाएको छ ।

४० जना नेपालीको श’व नेपाल लगियो – यसैबीच यही साता विदेशमा नि’धन भएका नेपालीहरुको श’व समेत नेपाल ल्याउने क्रम सुरु भएको छ ।   लकडाउनको अवधिमा विदेशमा बिभिन्न कारणले मृ’त्यु भएका मध्ये ४० जना नेपालीको श’व नेपाल ल्याइएको छ ।  विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि चार्टर्ड उडान हुन थालेपछि शुक्रबार सम्ममा ती श’वहरु नेपाल ल्याइएको हो । 

अहिलेसम्म कतारबाट २०, मलेसियाबाट ११, कुवेतबाट ६, ओमान, यूएई र साउदीबाट एक एक जनाको शव नेपाल ल्याइएको छ । मृ’त्यु भएका ३१८ जनामा ११४ जना मृ’तकका परिवारले गन्तव्य देशमै अन्त्ये’ष्टिका लागि अनुमति दिएको पनि छ । यसबाहेक अझै १६४ श’वको व्यवस्थापन बाँकी छ ।  ती श’व कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान ब’न्द हुँदा महिनौंदेखि विदेशमा रोकिएका थिए । उनीहरुको अन्त्ये’ष्टि र व्यवस्थापनको लागि गैरआवासीय नेपाली संघले सम्बन्धित राष्ट्रिय समितिलाई निर्देशन दिइसकेको छ । – बारह्खरी