मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना जित्नेकाे संख्या २,८३४ पुग्याे

कोरोना जित्नेकाे संख्या २,८३४ पुग्याे


काठमाडौं- नेपालमा कोरोना भाइरस जित्नेको संख्या शनिबारसम्म २८३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। संक्रमण मुक्त हुनेमा २५९२ पुरुष र २४२ महिला रहेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले शनिबार नियमित पत्रकार सम्मेलनमा बताए।

उनका अनुसार पछिल्लो २४ घन्टमा १ सय ३६ जना संक्रमित निको भएका छन्। आज संक्रमण मुक्त हुनेमा १८ महिला र ११८ पुरुष रहेको मन्त्रालयले जनाएको छ।

गोठगाउँ आइसोलेसन सेन्टरबाट भोजपुरका १, इलामका २, झापाका २९ , मोरङका ११ , पाँचथरका १, सुनसरीका २०, ताप्लेजुङका १ र उदयुरका ४ जना निको भएर घर फर्किएका छन्।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट गोरखाका १, कास्की १४ तथा पर्वत र र स्याङ्जाका एक एक जना डिस्चार्ज भएका छन्।

यस्तै जलेश्वर असपतालबाट महोत्तरीका ७, कोरोना विशेष अस्पताल दाङबाट १, मेहलकुना अस्पताल सुर्खेतबाट १३ र सुशील कोइराला प्रखर अस्पताल बाँकेबाट बर्दियाका ६ र बाँकेका २२ पुरुष संक्रमण मुक्त भएर घर फर्किएको मन्त्रालयले जनाएको छ। – नेपाल समय