मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशभर ४६३ जना कोरोना संक्रमित थपिए

देशभर ४६३ जना कोरोना संक्रमित थपिए


काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सहित देशभर कोरोना संक्रमितको कुल संख्या १२ हजार ७७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ९६२ जनाको कोरोना परीक्षण गरिएको थियो।पछिल्लो २४ घण्टामा १३ महिला र १६६ जना पुरुष कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।

यो सहित हालसम्म २५५ जना महिला र २७ हजार ५८ पुरुष गरी ३ हजार १३ जना डिस्चार्ज भएका छन्।

हाल क्वारेन्टिनमा रहेका व्यक्तिको संख्या ६१ हजार ७३१ तथा कोरोना संक्रमण भएर आइसोलेसनमा रहेका व्यक्तिको संख्या ९ हजार ७३१ रहेको मन्त्रालयले जनाएको छ।