मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामको बिधुत सेवा अबरुद्ध, मंगलबार साँझ सम्म सुचारु हुन सक्ने

अछामको बिधुत सेवा अबरुद्ध, मंगलबार साँझ सम्म सुचारु हुन सक्ने


अछाम । जिल्लाको बिधुत सेवा अवरुद्ध बनेको छ । सोमबार बिहान दिपायल साफेबगर अन्तर्गतको ३३ केभी प्रशारण लाइनमा समस्या हुदा सेवा अबरुद्ध भएको हो।

चौरपाटी गाउँपालिका ७ मार्कुमा बिधुतको पोलमा रूख खस्दा दुई ओटा बिधुतको पोल ढल्नुका साथै ५ ओटा पोलको समेत लाईन चुडीएको नेपाल बिधुत प्राधिकरणले अछाम शाखाले जानकारी दिएको छ।

बितरण प्रमुख बिजय राज रेग्मीका अनुसार दुईवटा बिधुतका पोल थप्नुपर्ने तब मात्र सेवा सुचारु हुने छ। थप दुई पोल लिएर बितरण केन्द्र साफेबगर र बयालपाटाका कर्मचारीहरु बिग्रीएको प्रशारण लाइन मर्मत गर्न लागेका बताए।

सेवा सुचारु मंगलबार सांझ सम्म सुचारु हुन सक्ने उनको भनाई छ। सेवा अबरुद्ध हुदा सेवाग्राही मारमा परेका छन्। गर्मीको समय त्यसमा पनि असार मसान्तले कामको चाप बढी हुने भएकाले सरकारी, गैरसरकारी, संघ संस्था, बैंक, संचार माध्यम बढी मारमा परेका छन्।