मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्रकार खड्का ह’त्याको छान’बिन गर्न नेपाल पत्रकार महासंघको माग

पत्रकार खड्का ह’त्याको छान’बिन गर्न नेपाल पत्रकार महासंघको माग


डोटी । नेपाल पत्रकार महासंघले डोटी शाखाका सदस्य एवं बाजुरास्थित रेडियो बूढीनन्दामा कार्यरत पत्रकार तेजबहादुर खड्का ह’त्याको छानबिन गर्न सरकारसँग माग गरेको छ। 

महासंघका महासचिव रमेश विष्टले बुधबार विज्ञप्ति जारी गर्दै घट’नाको अनुस’न्धान र स’त्यत’थ्य छान’बिन गरी पत्रकार खड्काका परिवारलाई राहत र उचित क्ष’तिपूर्तिको व्यवस्था गर्न माग गरेका हुन्। 

महासंघले पेशागत कर्म निर्वाहमा हिँडेका पत्रकार खड्का एक्कासि बे’पत्ता हुनु र १५ महिनापछि कंकालसँगै फेला परेका सामग्री लामो समयपछि पनि दुरूस्तै देखिनुले घ’टना रह’स्य’मय हुन सक्ने भएकाले छान’बिन गर्न माग गरिएको उनले बताए। 

बाजुरास्थित बूढीनन्दा तीर्थस्थलबाट फर्किने क्रममा २०७५ भदौ ९ गतेदेखि सम्पर्कविहीन रहेका पत्रकार खड्काको २०७६ मंसिरमा झोलासँगै पर्स र कंकाल भेटिएपछि नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा डीएनए परीक्षण गर्दा सो कंकाल पत्रकार खड्काको नै भएको प्रहरीले पुष्टि गरेको हो।