मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा ४५ जनालाई कोरोना निको भयो

अछाममा ४५ जनालाई कोरोना निको भयो

सुदूर आज

गीता कुँवर, अछाम।

जिल्लामा हालसम्म कोरोना निको हुनेको सख्या ४५ रहेको छ । मेल्लेख गाउँपालिकामा २२, मंगलसेन नगरपालिका ३ र चौरपाटी गाउँपालिकाका १९ र ढकारी गाउँपालिकाका १ जनाले कोरोना जित्न सफल भएका छन्।

अछाममा एक जना पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । मृत्यु हुने रामारोशन गाउँपालिका रहेका छन् । स्वास्थ कार्यालय अछामका सुचना अधिकारी देव जोशीका अनुसार जिल्लाका दुई बयलपाटा अस्पताल, जिल्ला अस्पताल र स्थानीयतहका आईसोलेशनमा रहेका ४५ जना कोरोना निको भएर घर फर्किएका हुन् ।

अस्पतालमा आईसोलेशन बेड संख्या कम भएका कारणले संक्रमितहरुलाई स्थानीयतहले बनाएका क्वारेन्टाइनमै राख्ने गरिएको जोशीले बताए । अछाममा हालसम्म ३१३ जनामा कोरोना देखिएको छ । आज ३७ जनामा कोरोना पुष्टि भएसगै सक्रमितको सख्या ३१३ पुगेको हो ।

दुई जना वडा अध्यक्ष र एक जना स्वास्थकर्मीमा समेत कोरोना पुष्टि भएको छ । स्वाब संकलन र क्वारेन्टाइन व्यवस्थापनमा जुटेका स्वास्थकर्मी र वडाध्यक्षमा कोरोना देखिएको हो । स्वास्थ कार्यालय अछामका जिल्लाका दश वटा स्थानीयतह मध्ये सबै भन्दा बढी ८६ जना संक्रमित रामारोशन गाउँपालिकामा रहेका छन् ।

त्यसैगरी साँफेबगर नगरपालिकामा ८५,मेल्लेख गाउँपालिकामा ६२, मंगलसेन नगरपालिकामा ३३, चौरपाटी गाउँपालिकामा २५, कमलबजार नगरपालिकामा ६, पञ्चदेवल बिनायक नगरपालिकामा ६, तुर्माखाँद गाउँपालिकामा ५, बान्नीगढी जयगढ गाउँपालिकामा ४, र ढकारी गाउँपालिकामा १ जना संक्रमित रहेका छन् ।

जिल्लाका बिभिन्न क्वारेन्टाइनमा १ हजार ३ सय २ जना रहेका छन् । जिल्लाबाट हालसम्म २८ सय १३ जनाको पिसिआरका लागी स्वाब संकलन गरी पठाईएकोमा १५ सय ९६ जनाको रिर्पाेट आएको र त्यसमध्ये पनी ३ सय १३ जनाको रिर्पाेट पोजेटिभ आएको स्वास्थ कार्यालय अछामले जनाएको छ ।