मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा कोरोनाबाट साढे ६ सय जना निको भएर घर फर्किए

नेपालमा कोरोनाबाट साढे ६ सय जना निको भएर घर फर्किए


काठमाडौं- आज देशका विभिन्न ठाउँमा ४७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

जसमध्ये १०९ जना महिला र ३६४ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जानकारी दिइएको छ।

योसहित हालसम्म देशभर कोरोना संक्रमित हुनेको संख्या १४ हजार ५१९ जना पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म आइसोलेसनमा रहेका व्यक्तिको संख्या १० हजार १३७ छ।

मन्त्रालयका अनुसार २४ घण्टामा ६६४ जना डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेकाे संख्या ५ हजार ३२० रहेकाे छ।