मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतकी चर्चित कोरियोग्राफर सरोज खानको नि’धन

भारतकी चर्चित कोरियोग्राफर सरोज खानको नि’धन


भारतकी चर्चित कोरियोग्राफर सरोज खानको ७२ वर्षको उमेरमा निधन भएको छ । सरोज खान पछिल्लो केही समयदेखि बिरामी थिइन् ।

जुन २० मा उनलाई स्वास फेर्न कठिन भएपछि मुम्बईको एक अस्पतालमा भर्ना गरिएको थियो ।सरोज खान मधुमेह र यससँग सम्बन्धित रोगबाट ग्रस्त थिइन् ।

अस्पतालमा भर्ना भएपछि उनको कोरोना संक्रमणको पनि परीक्षण गरिएको थियो जसको रिपोर्ट नेगेटिभ आएको बीबीसीले लेखेको छ ।

उनले निकै लामो समयदेखि कामबाट ब्रेक लिएकी थिइन् । आफ्नो करियरमा उनले २ हजार भन्दा बढी गीतमा कोरियोग्राफ गरेकी उनले तीनपटक राष्ट्रिय अवार्ड पाएकी छिन् ।

उनले आफ्नो करियर एक असिस्टेन्ट कोरियोग्राफरका रुपमा सुरु गरेकी थिइन् । उनले सन १९७४ मा चलचित्र गीता मेरा नाममा पहिलो पटक गीतको स्वतन्त्र रुपले निर्देशन गरेकी थिइन्। – नेपाल समय