मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रिय क्रिकेट खेलाडीहरुले गरे पीसीआर मेसिनका लागि सहयोग

राष्ट्रिय क्रिकेट खेलाडीहरुले गरे पीसीआर मेसिनका लागि सहयोग


काठमाण्डौं ।

डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि काठमाण्डौंमा जारी सहयोग संकलन अभियानमा राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडी र  प्रशिक्षकहरुले सहयोग गरेका छन् । यसैक्रममा राष्ट्रिय क्रिकेट खेलाडीहरुले समेत यो अभियानमा सहयोग गरेका छन् ।

ह्युमानिटी फाउण्डेसन नेपाल र सुदूर पश्चिम समाज अमेरिकाद्धारा जारी सहयोग संकलन अभियानमा नेपाली क्रिकेट टीमका उपकप्तान दिपेन्द्र सिंह ऐरीले पाँच हजार रुपैया, सन्दीप लामिछानेले १० हजार रुपैया, नरेश बुढाऐरले आठ हजार, बिनोद भण्डारीले पाँच हजार रुपैया सहयोग गरेका छन् ।

डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि काठमाण्डौंमा जारी सहयोग संकलन अभियानका सदस्य राष्ट्रिय खेलकुद परिषद(राखेप) का क्रिकेटका प्रमुख प्रशिक्षक जगत टमाटालाई राष्ट्रिय क्रिकेट खेलाडीहरुले सहयोग स्वरुप रकम हस्तान्तरण गरेका हुन् ।

डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि काठमाण्डौंमा ह्युमानिटी फाउण्डेसनका संस्थापक एवं कोरिया टुर्स एण्ड ट्रेकिङ अपरेटर्स एशोसियसनका अध्यक्ष तथा नेपाल एशोसियन अफ टुर अपरेटरका महासचिव अमर बहादुर शाहीको नेतृत्वमा सहयोग संकलन अभियान सञ्चालनमा छ ।

ह्युमानिटी फाउण्डेसनका संस्थापक शाहीको नेतृत्वमा काठमाण्डौंमा जारी सहयोग संकलन अभियानको कान्तिपुर टेलिभिजनका प्रधान सम्पादक प्रशान्त अर्याल, ओलम्पियन तथा साफ गेममा तेक्वान्दोमा नेपाललाई चार स्वर्ण पदक दिलाउने किर्तिमानी तेक्वान्दो खेलाडी दीपक बिष्ट, राष्ट्रिय खेलकुद परिषद(राखेप) का क्रिकेटका प्रमुख प्रशिक्षक जगत टमाटा, युवा व्यवसायी राजु अवस्थीले अगुवाई गरेका छन् ।