मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पेशाको सुरक्षाका लागि पत्रकारहरु सडकमा (तस्बिर सहित)

पेशाको सुरक्षाका लागि पत्रकारहरु सडकमा (तस्बिर सहित)


काठमाडौँ – मिडिया हाउसले लकडाउनको कारण देखाएर पत्रकारलाई कामबाट निकाल्ने, बेतलबी बिदामा राख्ने, तलब नदिनेजस्ता गतिविधि बढेको भन्दै पत्रकारहरु सडकमा उत्रिएका छन्।

नेपाल पत्रकार महासंघको अगुवाइमा आज शुक्रबार बबरमहलमा पत्रकारहरुले प्ला कार्ड बोकेर प्रदर्शन गरे।

लकडाउन सुरु भएसँगै सञ्चारमाध्यमहरुले पत्रकार तथा कर्मचारीलाई निकाल्ने, बेतलबी बिदामा राख्ने, तलब नदिने र दिएपनि आधा मात्र दिनेजस्ता गतिविधि बढेको भन्दै महासंघले आन्दोलन सुरु गरेको हो।

प्रदर्शनमा उत्रिएका पत्रकारहरुले ‘अरुको आवाज हामीले सुन्यौँ, हाम्रो आवाज कसले सुन्ने ?’ ‘सञ्चारगृहले कमाएको अर्बौँ मुनाफा खोई ?’ आदि लेखिएका प्ला कार्ड बोकेका थिए।