मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अहिलेसम्मकै ठूलो संख्यामा संक्रमण पुष्टि, संक्रमितको संख्या १५ हजार नाघ्यो

अहिलेसम्मकै ठूलो संख्यामा संक्रमण पुष्टि, संक्रमितको संख्या १५ हजार नाघ्यो


काठमाडौं- नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १५ हजार नाघेको छ।

पछिल्लो २४ घण्टामा ७४० संक्रमित थप भएसँगै देशभर संक्रमितको कुल संख्या १५ हजार २५९ पुगेको छ। शुक्रबार हालसम्मकै सबैभन्दा धेरै ७४० जना संक्रमित थपिएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ३२ पुगेकाे छ।

कोरोना संक्रमण पुष्टि भई संक्रमणमुक्त भएर घर फर्किनेको संख्या ६ हजार १४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

मन्त्रालयका अनुसार अहिले देशका विभिन्न ठाउँमा रहेका क्वारेन्टिनमा ३५ हजार ४७२ जना बसिरहेका छन्। कोरोना संक्रमण पुष्टि भएर आइसोलेसनमा बसेकाहरुको संख्या ९ हजार ८४ रहेको छ।

शुक्रबारसम्म देशभरका विभिन्न प्रयोगशालामा २ लाख ४२ हजार २४७ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ भने ३ लाख ५ हजार ६२९ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ। – नेपाल समय