मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेरा बा ! एक हिरो जो कहिल्यै रिटायर हुदैनन्

मेरा बा ! एक हिरो जो कहिल्यै रिटायर हुदैनन्


  • धिरज स्मृतिपवन

“मेरा बाकुनै अख्तियार नलागेका,
कुनै सरकार नलागेका”
कसैलाई झुक्न नपरेका
कसैलाई टोक्न नपरेका

हलोलाई खुब माया गर्ने
माटोमा लुडिबुडि गर्नेकुनै
अख्तियार नलागेका
मेरा बा ,कुनै सरकार नलागेका

कसैको झोला नबोकेका
कसैका पाउ नछोएका
सधैं माटो ढोगेका
पहाड पुजेका
मेरा बा कुनै अख्तियार नलागेका
कुनै सरकार नलागेका

हाँको महान पर्व सुरु भयो अब
लाग्न थाल्यो जेठ असार
टुसाउन लागे राख्न लागे बीउ गरामा
भिजाउन लागे सुनौला सपना
अति ब्यस्त मेरा बा।
बिहानै उठ्नुहुन्छ होला,
आकाशतिर नियालेर दिन अन्दाज गर्नुहुन्छ
र हिड्नुहुन्छ पाको हड्डीमाथि कोदालो राखेर खेतसम्मको यात्रामा……..!
जहाँ पुलिस आउदैन प्रशासन आउदैन।

मज्जाको दुनियाँ कहिल्यै कसैबाट-
कुण्ठित रहनु परेन सदा आजाद !
भिर पाखा साथि, गराखेत साथि
चराचुरुङ्गी साथि,सबै साथि बहुत प्रिय साथि
जो कहिल्यै गुनासो गर्दैनन् ती साथि हुन मेरा बुवाका …………..
हल गोरु हुनै पर्ने, हलो हुनै पर्ने
“संसारमा जे जति गरेर पनि
पैसा जति थुपारे पनि
खाने पैसा होइन
अन्न हो”भन्दै भनिरहने कराइरहने बा
मेरा बा कुनै अख्तियार नलागेका
कुनै सरकार नलागेका

एक हिरो जो कहिल्यै रिटायर हुदैनन् बा