मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा कोरोना संक्रमितको संख्या साढे १५ हजार

नेपालमा कोरोना संक्रमितको संख्या साढे १५ हजार


काठमाडौं- पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित देशभर कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या १५ हजार ४९१ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। 

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा आरटी पीसीआर विधिबाट ४ हजार ५० जनाको कोरोना परीक्षण गरिएको छ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा टेकुमा ७०९ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो। जहाँ ११४ जनामा कोरोना पोजेटिभ पाइएको छ।

त्यस्तै हालसम्म देशका विभिन्न प्रयोगशालामा आरटी पीसीआर विधिबाट २ लाख ४६ हजार २९७ जनाको परीक्षण गरिएको छ।

पछिल्लो २४ घण्टामा कोरोना मुक्त भएर २७२ जना डिस्चार्ज भएका छन्। काेराेनामुक्त भएर हालसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार ४ सय १५ रहेको छ।

मन्त्रालयका अनुसार देशका विभिन्न ठाउँमा रहेका क्वारेन्टिनमा ३३ हजार १२५ जना रहेका छन्। कोरोना संक्रमण पुष्टि भएर आइसोलेसनमा बसरिहेका व्यक्तिको संख्या ९ हजार ४२ छ।